Sunday, May 25, 2008

ब्लग होस्टिङ्ग -२

ब्लगीङ्ग शुरु सोच सँगै मेरो पहिलो रोजाईमा वर्डप्रेस परेको थियो तर यसको ड्यासवोर्डमा केही अप्ठ्यारा देख्ने वित्तिकै मैले ब्गलस्पटमा ध्यान केन्द्रित गरे । बास्तवमा ब्लगस्पटमा गुगल एड राख्न पाउछ भन्ने वित्तिकै मैले यही चलाउनु पर्छ भन्ने निर्णय गरी सकेको थिए तर यसको न्याभबार ले मेरो मन खल्लो बनाई राखेको थियो गुगलमा खोज्दै जादाँ त्यो समस्या पनि हल भयो। (देखी हाल्नु भो नि मेरो साईटमा ब्लगस्पटको न्याभ वार छैन । :-D) त्यस्तै कमन र लिमिटेड थिम को कारणले मैले पहीलो नजरमा ब्लगस्पटलाई वर्डप्रेस भन्दा कम ठह्रयाएको थिए तर कुरा त्यसो रहेनछ यसमा त झन वर्डप्रेस भन्दा सजिलो एक्सएमएल टेम्प्लेट ईन्सटल गर्न सकिदो रहेछ।



ब्लगस्पटमा न्याभवार हटाउनको लागी तल दिएको कोडलाई ब्लगस्पट एकाउन्टको ड्यासवोर्डमा मा गएर लेआउट भित्रको सिएसएस कोड हालेर पेजलाई सेभ गरि दिनुहोस।
मैले बुझे सम्म यो कामले ब्लगस्पटको कुनै पनि ट्रम्स एण्ड कन्डिशन उल्लंघन गर्दैन।

#navbar-iframe
{
height:0px;
visibility:hidden;
display:none;
}


ब्लगस्पटको थिम चेन्ज गर्नको लागी blogger xml theme भन्ने कि-वर्ड ले गुगलमा सर्च गरी xml थिम डाउनलोड गर्नुस अनी ड्यासवोर्डको लेआउट भन्ने पेजमा गएर अपलोड गर्नुस।