Saturday, May 24, 2008

वैकल्पीक एसक्युएल (My SQL) टुल्स

डस (DOS) विर्सिसकेका कम्पुटर प्रयोगकर्ताहरुको लागी कमान्डलाईन ईन्टरफेसमा कुनै पनि एप्लीकेशन चलाउनु सार्है नै दिक्क लाग्दो अनुभव हुन्छ। एसक्युएल (My SQL) कै कालो स्क्रिनको कुरा गर्ने हो भने सोच्नुस न यो प्रोग्राम खोल्ने वित्तिकै युजर नेम र पासवर्ड गलत टाईप गर्नु भने भने झ्याप्प प्रोग्राम बन्द हुन्छ । माई एसक्युएल (My SQL) मा ईन्ट्री गरी सकेको डाटा लाई अर्को कम्प्युटर लाई अर्को कम्प्युटरमा सार्नु पर्दा डस वाट माई एसक्युएल (My SQL) मा प्रवेश गरेर –mysqldump कमान्ड प्रयोग गर्ने प्रकिया झन झन्झटिलो लाग्न सक्छ। यो सम्स्या तपाँई हामीलाई मात्र हैन संसारका धैरे प्रयोग कर्ताले अनुभव गरेको कुरा हो । त्यसैले माई एसक्युएल (My SQL) को कमान्डलाईन ईन्टरफेस को विकल्पको रुपमा केही उल्लेखनिय एप्लीकेशन विकास गरीएको छ।

पिएचपी माईएडमिन
यो एक व्राउजर वेस्ड पिएचपि मा लेखिएको माई एसक्युएल (My SQL) एडमिनिस्ट्रेशन टुल हो । ईन्सटल गरेको वखतमा साधारण कन्फिग्रेसन गर्ने वाहेक यो चलाउन सार्है सजिलो छ। तपाईलाई माई एसक्युएलका सबै (My SQL) क्वाईरी हरु राम्रो सँग आउदैन भने पनि यसको साहायताले राम्रै डाटावेस वनाउन सक्नु हुन्छ। लिन्कस वेस्ड वेभ सर्भरहरुमा अधिकांशत यही प्रोग्राम प्रयोग गरीन्छ।
http://www.phpmyadmin.net/home_page/demos.php


माई एसक्युएल जियुआई टुल्स
माई एसक्युएल (My SQL) आफैले विकास गरेको जियुआई टुल्स आफै पनि कालो स्क्रीन देखेर भाग्ने प्रयोगकर्ताको लागी माई एसक्युएल (My SQL) चलाउने राम्रो विकल्प हुन सक्छ। यो विभिन्न प्रयोगको लागी प्रयोग गरीने विभिन्न प्रोग्राम हरुको संग्रह पनि हो यसमा माईक्रोसफ्ट एक्सेसको डाटावेसलाई माई एसक्युएल (My SQL) मा रुपान्तरण गर्ने जियुआई टुल्स देखी माई एसक्युएल (My SQL) का कप्लेक्स क्वाईरीहरुलाई डिबग गर्ने माई एसक्युएल (My SQL) क्वाईरी व्राउजर सम्म उपलब्ध छ। http://www.mysql.com/products/tools/administrator/


टर्बोडिबीएडमिन
यो एक अज्याक्स मा वनेको वेभ वेस्ड एप्लीकेशन हो यसको साहायताले माई एसक्युएल (My SQL) र PostgreSQL को डाटावेस चलाउन सकिन्छ। यसमा समस्या परेको खण्डमा रिस्टोर गर्न सकिने गरि डाउनलोड गर्न मिल्ने गरी डाटावेसको ब्याकअप राख्न सकिन्छ। http://www.turboajax.com/turbodbadmin_demo/


ईएमएस एसक्यएल मेनेजर
यो एक माई एसक्युएल (My SQL) डेभलपमेन्ट टुल हो जसको लाईट भर्सन निशुल्क उपलब्ध छ। यसमा ग्राफिकल ईन्टरफेसमा नै सम्पुर्ण कार्य गर्न सकिन्छ। यस प्रोग्रामा स्यान्टेक्स हाईलाईटिङ्ग फिचर भएको हुनाले आफुले लेखेको क्वारी सजिलै सँग पढ्न सकिन्छ। http://www.sqlmanager.net/en/products/mysql/manager/matrix