Saturday, November 8, 2008

अफिस २००३ को मेनु भिष्टामा कहाँ छ ? ( वर्ड र एक्सेलको )

विन्डोज ९८ / मि चलाई रहेको वेला एक्कासी आएको विन्डोजज एक्स पि ले त्यती खेर साधारण प्रयोग कर्ता माझ जस्तो हलचल ल्याएको थियो त्यो हलचल अहिले विन्डोज भिष्टा प्रयोगकर्ता विच देखीएको छ। यसको मिनीमम हार्डवेयर रिक्वायरमेन्ट को कारणले यो प्रयोगकर्ता विच फैलिन सकिरहेको छैन भने जस जसले भिष्टा चलाईरहेका छन तिनीहरु पनि पहिले अलि अप्ठ्यारो महशुश गरि रहेको भेटिन्छन।

मैले त्यस्ता धेरै मा्न्छे भेटेको छु जसले अफिस २००७ को माईक्रोसफ्ट वर्ड मा फाईल सेभ याज भेट्न सकेनन र साथीहरुलाई हार गुहार गरे अनी विल गेटसको कम्पनीलाई दश वटा गाली दिए । :-D

म पनि त्यही वर्गमा पर्छु तर मैले दश वटा गाली अली गर्नु परेन किन भने मैले वेलैमा यो युटिलीटी भेटे। फ्लासमा वनाएको यो फाईलको साहायताले वर्ड २००३ मा भएको सेभ याज जस्ता सवै मेनु कहाँ छ भने सजिलै थाहा पाउन सकिन्छ।

वर्डको समानान्तर मेनु हेर्न यहाँ क्लिक गर्नु होस।

एक्सलको समानान्तर मेनु हेर्न यहाँ क्लिक गर्नु होस।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।