Sunday, December 28, 2008

ईटहरी नगरपालिकाको वेभसाईट



आजको मिती सम्म ईटहरी नगरपालिका को वेभ साईटको हालत पनि धरान नगरपालिका र विराटनगर उपनगर पालिकाको भन्दा फरक देखिएन। ईटहरी नगरपालिकाको वेभ साईट हेर्ने काम कहिले नपरेको हुनाले त्यसमा के के राखिएको थियो कसले वनाएको हो त्यो त थाहा भएन तर हाल देखिने ईरर म्यासेजले डाटावेस पनि प्रयोग गरेर साईटलाई डायनामिक वनाउने प्रयास गरिएको रहेछ भन्ने थाहा लाग्यो।

हाल देखिने ईरर म्यासेजकव आधारमा के भन्न सकिन्छ भने साईटलाई अपडेट गर्ने वेलामा वेभ मास्टरले डाटावेस पासवर्ड गलत लेख्यो वा आफ्नो कम्प्युटरमा चलाएको वेलाको लोकल होष्टको पासवर्ड परिवर्तन गरेन अपलोड गर्यो अनि सुत्न गयो र अहिले सम्म ब्युझिएको छैन (ब्युझिए पछी पक्का ईरर करेक्सन गर्छ। वेष्ट अफ लक)

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।