Wednesday, January 28, 2009

ईमेल (अपडेटेड)

दुई चार दिनको सम्पर्क विच्छेद (ईमेल सँगको) पश्चात म पुन मेरो मेल सेवा अध्यावधी गर्न सक्षम भएको छु । अब म ............

  • आफ्नो वेभ स्पेश प्रयोग नगरी कन मेरो आफ्नै डोमेनको ईमेल एड्रेसको लागी गुगल को ७ जि बी स्पेश प्रयोग गर्न सक्छु।
  • जस सुकैले मेरो ईमेल एड्रेसमा मेल पठायो भने त्यसको एक प्रती मेरो मेल मा रहन्छ र अर्को त्यसै मेलको प्रति मेरो जिमेलको गोप्य ठेगाना जान्छ । कुनै महत्वपुर्ण ईमेल झुक्कीएर डिलिट भयो भने समस्या पर्छ भनेर यसो गरिएको हो । अझ जिमेलमा ब्याकअप गरीएको मेललाई याहुमा पनि ब्यकअपको लागी फर्वार्ड गरौ कि भन्ने सोची रहेको छु । त्यो चाही अली फुर्सदमा गर्नु पर्ला । कहिले काँही जिमेल नचलेर हैरान हुन्छ त्यसवेला यसो गरीनु धेरै राम्रो हुन्छ ।
  • अव कसैले मलाई मेरो मेल एड्रेस सोध्यो भने म मान्छे र अवश्था हेरेर मेल एड्रेस भनि दिन्छु । [email protected], [email protected] आदी आदी तर मलाई रिस उठ्यो वा नचाहिने मान्छेलाई मेरो मेल एड्रेस दिनु पर्यो भने कुन एड्रेस दिन्छु थाहा छ ? :- [email protected] यि सवै ठेगानामा मेल पठाए पनि म सजिलै एउटै एड्रेस (मेरो प्राईमरी मेल एड्रेस [email protected] चेक गर्दा ) वाट मेल चेक गर्न सक्छु । रिस उठेर मेल एड्रेस दिए पनि रिप्लाई गर्ने मामलामा म पक्का छु ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।