Tuesday, March 3, 2009

बेखबर नबिन र ADSL

मेरो पनि एउटा समय थियो घरमा रहदाँ घरै धर्किने गरी गित सुन्नु पर्थ्यो त्यो पनि नबिन भट्टराईको :-D यस्तो लाग्थ्यो नेपाल मा नबिन भट्टराई बाहेक कुनै गायक नै छैन । कुनै बेला जतिखेर उनि नेपाली पप स‌गितको शिखरमा म त्यतीवेला भयङ्कर ठुलो फ्यान थिए उनको स्वरको ।

समय बित्तै गयो उनि चर्चा वाट बाहिरिदै गए अनि म पनि अरु अरु कुरामा अल्मलिदै गए । गित स‌गित सुन्ने कुरा हरु दोस्रो, तेस्रो प्राथमिकतामा पर्न थाले समय हरु यसै बित्न लागे।

अचानक गुगल दाईलाई नविन भट्टराईको खबर सोध्न मन लाग्यो । उनि बेखबर रहे । ( नबिन केही गरिरहेका छैनन क्यारे ! ) धन्न यु ट्युबमा नबिन रहेछन ।

कुरा यति नै हो तर NTC लाई भन्न मन लागेको छ "तिम्ले हाम्रो तिर पनि ADSL ल्याई दिए म पनि नबिन भट्टराईलाई सुन्थे नि . "

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।