Sunday, March 22, 2009

UTL को ईन्टरनेट

बिदेशमा बस्ने दाजु ,भाई, साथीहरुले मैले यु ट्युबमा फलानो नेपाली फिल्म, फलानो गितको म्युजिक भिडियो हेरे भनेर गफ गर्दा हाम्रो त्यस्तो दिन कहिले आउला भनेर खुब आश लाग्छ । साच्चै भनौ भने जति बाँचिन्छ त्यो समयमा नेपालमा त्यस्तो भएन भने हुने ठाँउमा गएर भए पनि त्यस्तो हेर्न पाँउ भन्ने लागेको छ ।

आफु कहाँ युट्युबमा फिल्मको के कुरा गर्नु ! घरको डायलअप प्रयोग गरेर ईमेल नै चेक गर्दा पनि मन कटक्क खान्छ । NTC को टेलिफोनमा पैसा चढेको चढ्यै हुन्छ यता पेजमा Page can not be displayed भनि रहेको हुन्छ । "नखाँउ भने दिनभरीको शिकार खाँउ भने कान्छा बाउको अनुहार "

बजारमा UTL ले USB मोडेम प्रयोग गरेर मासिक ५ सय तिरे अनलिमिटेड (ब्याण्डविथ भन्या हैन, समय भनेको ! कनेक्सन भएमा १ दिनमा जति खेर चलाए नि हुने) नेट एक्सेस गर्न पाईने भएछ । स्पिड ठिकै रहेछ । (धेरै छिटो चल्यो भने त म आत्तिन्छु होला त्यसैले ४ ५ के बि पि एस ठिकै लागेको मलाई ! :-D)

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।