Monday, March 30, 2009

नयाँ वेव प्रोजेक्ट : www.scid.edu.np

मेहनत गर्दा गर्दै पनि भने जस्तो (सोचे जस्तो) CMS बनाउन नसके पछी म एक्कासी रेडिमेड CMS प्रति आर्कषित भए। शुरुमा Drupal को धेरै बखान सुनेर त्यही चलाउने सोचमा थिए तर त्यसलाई आफुले चाहेको लुक्स दिन नसके पछी मैले त्यसमा काम गर्न सोच त्यागी दिए ।

गुगल दाईको [:-D] सल्लाह बमोजिम(CMS को वारेमा सर्च गरि टोपल्दा आएको रिजल्टहरुवाट कुन ठिक हो भनेर विचार गर्दा)म जोम्ला चलाउने निष्कर्षमा पुगे । त्यस विच मेरो अफिसमा एक हप्ता ईन्टरनेट चलेन र त्यहि समयमा मैले जोम्ला चलाउन सिके ।

यसैक्रममा मैले जोम्ला CMS प्रयोग गरेर बनाएको पहिलो वेव साईट www.scid.edu.np हो । यसको टेम्प्लेट (युजर थिम) मैले यति मोडिफाई गरेको छु कि त्यो थिम बनाउने मान्छे ले पनि यो मेरो थिम हो भनेर भन्न गार्हो मान्छ । त्यस थिममा मेनु लिङ्कवाहेक सवै कलर कम्बनिनेशनको मेरो सोच हो । कन्टेन र फोटो उपलब्ध हुन नसक्दा मैले चाहेर पनि मेरो पहिलो जोम्ला वाट बनेको वेव साईटलाई राम्रो बनाउन सकिन। तर जेनरल फिडब्याक राम्रो छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।