Friday, April 3, 2009

चिनमा युट्युब प्रतिबन्ध

यदी तपाँई चिनमा बसेर ईन्टेरनेट चलाएको कल्पना गर्दै हुनुहुन्छ भने थाहा पाई राख्नुस गत सोमबार देखी तपाँईले ( सोझो हिसाबले ) यु ट्युब हेर्न पाउनु हुने छैन । युट्युबमा चिनियाँ सुरक्षकर्मीले तिब्बतीलाई क्रुर तरिकाले कुटेको भिडियोको लोकप्रियता र यसले जन्माएको खैलाबैलाको कारण चिन सरकारले यु ट्युब प्रतिबन्ध लगाएको हो ।

यसै पनि चिनमा यु ट्युबको लाई पहिलो पटक बन्द गरिएको हैन यस अगी पनि बिभिन्न कारण देखाई पटक पटक बन्द गरिएको हो । तर फेसबुक ट्वीटर लगायतका सोसल नेटवर्किङ्ग वेभ साईटको मार्फत गरिने स‌वाद र तेर्सो माध्यम मार्फत भिडियो सेयरिङ्को गरिनाको कारण यो प्रतिबन्ध फितलो रहदै आएको छ ।

उसो त सरकारले यो भिडियो सत्य नभएको दाबी गरेको छ तर सत्य नभएकै एउटा भिडीयो को कारणले पुरा वेवसाईट नै गर्दा उक्त सरकारी कदम प्रत्युत्पादक हुने निश्चित छ ।

यस घटनाको सम्बन्धमा बिबिसी ले तयार गरेको समाचार र सो भिडियो हेर्न यहाँ क्लिक गर्नुस ।

http://news.bbc.co.uk/1/hi/world/7962971.stm

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।