Wednesday, April 8, 2009

याहु अकाउण्ट टर्मिनेट गर्ने तरिका

माओवादी जङ्गल छोडेर शहर पसे पछि म सफाया अभियानमा लागेको छु । शब्दहरु अलि राजनैतिक लागे हकी ! भर्खर ईन्टरनेट सिकेको जोशमा धेरै अकाउण्ट खोलिएछ अहिले आएर काम न काजको भई रहेको छ ति अकाण्टहरु अनि म कम्मर कसेर लागेको छु ति अकाण्ट डिलिट गर्न. मेरो hi5 Facebook Hotmail पछि म yahoo अकाउण्ट डिलिट गर्ने मुडमा छु । याहु डिलिट गर्ने काम चाही अली ट्रिकी रहेछ । मैले के गरे हेर्नुस त

  • याहु मेल लगईन गरे
  • अकाउण्ट टर्मिनेशन पेजमा क्लिक गरे
  • क्लिक गरे पछी पासवर्ड मागेर र क्याप्चा भ्यालिडेशन माग्छ त्यो पनि गरे पछि सबमिट बटनमा क्लिक गरे।

अब याहु अकाउण्ट डिलिट गर्ने प्रोसेस मा गयो र ९० दिन भित्रमा डिलिट भै सक्छ रे।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।