Sunday, April 12, 2009

भर्खरै अध्यावधी गरिएका ब्लगहरु (ब्लगस्पटका)

ब्लग हेर्ने बानि परेछ । शायद यसको मैलिकताले गर्दा होला । एक पटक कसो कसो गर्दा मैले ब्लगस्पटमा रिसेन्टली (भर्खर १० मिनेट भित्रमा ) अपडेट भएका ब्लगहरुको लिस्ट भेटेको थिए । त्यस पछी फेरी कहिले भेटिन । त्यसो त वर्डप्रेसमा नेपाल बाट वा नेपाली भाषामा अपडेट गरिएका ताजा ब्लगहरु http://ne.wordpress.com मा गएर पढन पाईन्छ तर आफु त गुगल दाईको समुहको मान्छे परियो क्यारे ब्लगस्पटमा यस्तो सुविधा नहुदाँ खल्लो लागी रहेको थियो । ब्लगस्पटमा होष्ट गरिएको कुनै साईटको न्याभ वार (हटाएको छैन भने मात्र) वाट मात्र आफुले नचिनेको, वास्ता नगरेको विषयको ब्लग पढ्न पाईन्थ्यो ।

तर अचानक आज ख्वै कता वाट गुगलमा के सर्च गर्दा गर्दै मैले पहिले पनि एक पटक भेटेको रिसेन्टली अपडेटेड ब्लगहरुको लिष्ट (ब्लगस्पटमा मात्र ) भेटे । मैले त्यो साईट खोलेको वेला त्यसमा १० मिनेट भित्रमा अप डेट भएका ६९६२ वेभ साईटको लिष्ट थियो ।

त्यो साईटको URL : http://www.blogger.com/changes10.g

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।