Saturday, May 23, 2009

अरु नै ईमेल (MSN वाहेक) एड्रेस वाट MSN मा च्याट गर्ने तरिका

एक ताका म [email protected] बाट MSN मा च्याट गर्ने गर्थे । खासमा त्यो मैले आफै बनाएको थिईन मलाई एउटा साथीले बनाई दिएको थियो त्यसैले मैले कति साथीहरुले कसरी यस्तो बनाउन सकिन्छ भनेर सोध्दा पनि भन्न सकेको थिईन खासमा त्यसो गर्न सक्दा याहुको आडी ले पनि MSN मा लगईन गरेर MSN आई डी वाला हरु सँग च्याट गर्न सकिन्छ ।

यस बिच मैले [email protected] को MSN आई डी डिलीट गरे "अब देखी च्याट नगर्ने" भनेर तर मनै त हो कसरी मान्थ्यो र ?? फेरी मलाई अनलाईनमा आई रहने आफ्नो साथीहरु सँग कुरा गर्न मन लाग्यो अनि कसरी आफ्नो ईमेल ([email protected] वा [email protected] वा [email protected] ) बाट MSN मा च्याट गर्न सकिन्छ भनेर सर्च गर्न थाले । खासमा ठुलो कुरा केही रहेन छ ।

http://login.live.com/ मा जानुहोस ।



अनि Sign up for an account मा क्लिक गर्नु होस ।



Yes, use my e-mail address मा चेक गरेर Continue मा क्लिक गर्नुस ।



E-mail address भनेको ठाँउमा आफ्नो भए गरेको वा आफुले MSN युजरनेमको रुपमा प्रयोग गर्न चाहेको ईमेल (उदारणको लागी ([email protected] वा [email protected] वा [email protected] ) हालेर दिएको रजिष्ट्रेशन प्रोसेस पुरा गर्नुस ।

यो प्रकिया पुरा गरे पछि तपाँईको त्यस ईमेल जस्तो सुकै भए पनि MSN मा च्याट गर्न मिल्छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।