Sunday, June 28, 2009

SLC को Result प्रकाशित

खासमा एस. एल. सि. को रिजल्ट प्रकाशन हुनु भनेको परिक्षा नियन्त्रण कार्यलयको सुचना पार्टी वा त्यहाँको हाकीम साहेबको टेबल \ कम्प्युटर आदीमा प्रकाशन हुनु हो क्यारे त्यसैले सरकारी तवरमा सर्वसाधरणको लागी रिजल्ट हेर्न ब्यबश्था गरिएको कुनै पनि माध्यममा रिजल्ट हेर्न पाईन्न । (त्यसले काम गरि रहेको हुन्न) जसो तसो सवैलाई रिजल्ट थाहा भए पछी मात्र त्यसमा हेर्न पाईन्छ ।

अरु त अरु यस पाली रेडियो टि. भी ले रिजल्ट आउट भएको घोषण गरेको साढे पाँच घण्टा सम्म पनि परिक्षा नियन्त्रण कार्यलयको आधिकारीक वेव साईट http://soce.gov.np/ मा रिजल्ट भेटिएन । अझ टि. भी. मा रिजल्ट आउट भएको र सो लाई कार्यलयको आधिकारीक वेव साईटमा हेर्न पाईने घोषणा गरेको दुई घण्टा सम्म सो वेव साईट ( सर्भरबाट) सस्पेण्ड गरिएको थियो । [मेरो विचारमा कुनै पनि वेव साईट सस्पेण्ड हुनु भनेको त्यस साईट रेखदेख गर्ने ब्यक्तीको लापरवाहीको पराकाष्ठा हो ।]

मैले माथी नै भनि हाले नि सवैलाई रिजल्ट थाहा भए पछी ईन्टरनेटमा एस एल सी को रिजल्ट छ्यासछ्यस्ती भेटिन्छ ।
केही साईटहरु यि पनि हुन ।

http://www.soce.gov.np
http://slc.ntc.net.np
http://doe.gov.np
http://moe.gov.np

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।