Monday, June 8, 2009

TIA को वेवसाईट र लोकतान्त्रिक अभ्यासको पराकाष्टा

बाँचीएछ भने जिन्दगीमा त्रिभुवन अन्तराष्ट्रीय बिमानस्थल वाट अन्तराष्ट्रिय फ्लाईट चढ्ने रहर छ । अहिले सम्म मध्यपुर्वमा जाने कुनै योजना नभएको हुनाले यो रहर यसै पुरा हुने देखिन्न । डोमेस्टिक फ्लाईट चाँही अलि अलि चढीयो । पहिलो पटक आफ्नो बर्थडे कै दिन चढीयो अफिसको पैसाले बिराटनगर काठमाण्डौको फ्लाईट । भारतमा पनि बैङ्गलौर - हैदराबाद - कलाकत्ता - बागडोगराको फ्लाईट चढीयो एक दिन भरी । मेरो अनुभव के रहयो भने बौङ्गलोर त बैङ्गलोर भै हाल्यो कलकत्ता वा बागडोगराको एयरपोर्ट जतिको पनि स्तरिय छैन नेपालको आन्तरिक टर्मिनल भवन ।
गुगल एडसेन्सको छेउमै रहेको Link for your reference भन्ने वाक्यको अर्थ के हो ? के गुगल वाट प्राप्त हुने विज्ञापन त्रिभुवन विमास्थल कार्यलयको आधिकारीक रिफरेन्स हो ?

विश्वमा नेपाल मात्रै हो रे एयरपोर्ट ट्याक्स उठाउने राष्ट्र (अन्त पनी अप्रत्यक्ष्य रुपले उठाउदा हुन नि !) । तर पनि नेपालको एयरपोर्टको अवस्था दयनिय छ । भैतिक स‌रचना लथालिङ्ग छ कर्मचारीतन्त्र दुईचार पुस्तालाई पुग्ने गरी बदनाम छ र पनि कोही छैन सुध्रिनेवाला । नेपालको लोकतान्त्रिक अभ्यासको पराकाष्ठा नै मान्नु पर्छ ठाँउ पाए पछि जसले जे गरे पनि हुन्छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको वेव साईट हेरे पछी मलाई लाग्यो यहाँ त जता ततै लुट नै लुट छ।



खासमा यो वेव साईट हेरे पछि मलाई यि कुराहरुले घचघच्यायी रहयो ।

  1. अत्यावश्यक जानकारी र युजर ईन्टरयाक्टिभ हुन सक्दैन भने TIA ले किन वेव साईट बनायो ? जबकी विदेशीहरु वेवमै सवै कुरा गरौ भन्ने हुन्छन ।

  2. अन्तिम पटक वेव साईट Nov 18 2007 मा अपडेट भएको रहेछ । के त्यस पछी सरोकारवाला भन्नु पर्ने कुरा केही भएन र अपडेट नगरेको ?

  3. सरकारी वेव साईट अझ भनै सरकारको एउटा निकायले आफ्नो उधेश्य भन्दा पृथक रहेर गुगलवाट वाट आम्दानी लिन खोज्नु कती जायज छ ?

  4. मानी लिँउ नितीगत तहकै निर्णयले गुगलको बिज्ञापन राखेर वेव आफै आत्म निर्भर हुने तरिकाले वेव सञ्चालन भएको हो रे तर ख्वै त अपडेट ? गुगलबाट प्राप्त हुने आम्दानी कता जान्छ ? ?

  5. वेव साईटमा राखिएको गुगलको बिज्ञापन वाट प्राप्त हुने पैसा कसले लिन्छ ? कि यो त्यहीको कुनै खुराफातीले आफ्नो गोजी दरो पार्न TIA को नाम मा वेव दर्ता गरेर बनाएको कुनै MFA (Made for Adsense) साईट हो।

  6. गुगल एडसेन्सको छेउमै रहेको Link for your reference भन्ने वाक्यको अर्थ के हो ? के गुगल वाट प्राप्त हुने विज्ञापन त्रिभुवन विमास्थल कार्यलयको आधिकारीक रिफरेन्स हो?

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।