Wednesday, July 1, 2009

System Upgrade : एक समस्या पनि (हाम्रो लागी)

आई. टी. मा गति लिई सकेका मुलुकहरु अहिले सुचना प्रविधीमा भईरहेको विकासलाई फगत क्रम विकास (Evolution) मान्छन रे । मैले यहाँ रे भनि दिए यसो भने पछी मैले यो कुरामा शत प्रतिशत सहमती जनाएको नबुझ्दा हुन्छ । एउटा साधारण नेपाली र समग्र नेपालको लागी विश्व बजारमा भै रहेको सुचना प्रविधीको विकास ई्भोलुसन हैन रिभोलुसन (क्रान्ती) नै हो ।

विश्वका शहर बजारमा Core 2 Duo प्रोसेसर भएको सिस्टम (कम्प्युटर) छ्यास छ्यास्ती भै सके बेलामा पनि हाम्रो शहराँ अझै पनी कतिपय कार्यलयले Windows 97 अपरेटिङ्ग सिष्टम चलाई रहेका रहेका छन । (windows 97 चलाउने कम्प्युटर पनि पेन्टीयम वान ( पनी ) नै हुन भन्ने कुरा त भनिरनु पर्दैन होला । )

अझ रमाईलो कुरा त के छ भने हार्डवेयर, सफ्टवेयर बनाउने कम्पनी पनि हाम्रो जस्तो गरिब र पिछडिएको देशलाई नै टारगेट गरेको हो कि भने झै गरी सिस्टम अपग्रेड गर्दा पहिलेको सिस्टमले काम नगर्ने पनि बनाउछन । उदारणको लागी पेन्टीयम ३/४ मा हुने पिन वाला प्रोसेसरा बिग्रियो भने आज भोली आपत पर्छ किन भने वजारमा पिन लेस प्रोसेसरको बिगबिगी छ पिन वाला पाउनै गार्हो ! ड्रिम वेभर, फोटोसपको लेटेष्ट भर्सन चलाउने हो भने पेन्टीयम फोर कम्प्युटरले पनि काम दिन्न त्यस भन्दा अगाडीका कम्प्युटरका त कुरै भएन । मान्छेहरु विन्डोज भिष्टालाई पनि पुरानो मानेर विन्डोज सेभेन चलाउन थाली सके हामीलाई एक्सपी नै प्यारो छ । ( भिष्टा चलाउन त कसलाई पो मन नलाग्ला र तर पनि सिष्टमले सपोर्ट गर्दैन र पो त !)

विदेश वाट वा नेपालमै पनि निजी क्षेत्रका चल्तापुर्जा कम्पनी बाट आएका ईमेल एट्याचमेन्ट हरुले आज भोली खुब दुख दिई रहेको छन भनिन्छ । हाम्रै अफिसमा पनि सबै जना विन्डोस एक्सपी मा अफीस २००३ चलाउछन तर ईमेल एट्याचमेन्ट अफिस २००७ मा खुल्ने आउछन त्यसैले विदेशीहरु वा नेपालीहरु नै भए पनि सबैलाई अफिस २००३ मा खुल्ने फाईल पठाउ भन्न गार्हो हुदो रहेछ अनि ति आफ्नो समस्या आफै सँग!

अफिस २००७ मा खुल्ने फाईल खोल्नकै लागी अफिस २००७ ईन्सटल गर्नु पर्यो भने नमज्जा नै हुन्छ किन भने अफिस २००३ मा बानी परि सकेको प्रयोगकर्ताले फुर्सदमा एक पटक कुन मेनु, टुल्ट कहाँ छ थाहा नपाँई चलायो भने विजोग हुन्छ ।

यस्तै किसिमको समयस्या परेर मैले गुगल दाईलाई माईक्रोसफ्ट वर्ड २००७ को फाईललाई माईक्रोसफ्ट वर्ड २००३ मा कसरी खोल्ने भनेर सोधेको थिए उनले चुपचाप विल गेट्स को मा पुर्याई दिए । माईक्रो सफ्टले Compatibility Pack for Word, Excel, and PowerPoint 2007 File Formats निशुल्क डाउनलोड गर्न दिदो रहेछ ।

लौ अव धेरै गन्थन नगरौ यदि तपाँई पनि MS Word 2003 चलाउनु हुन्छ र MS Word 2007 को फाईल खोल्नु पर्ने छ भने खुरुक्क यो फाईल डाउनलोड गरेर ईन्सटल गर्नुहोस । र त्यो वर्ड फाईल खोल्नुस

डाउनलोड गर्न यहा क्लिक गर्नुहोस

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।