Wednesday, August 12, 2009

हिमालयन जाभामा दुई दिन

पहिलो दिन



सँगै काम गरेको एउटा भाई विदेश जानको लागी काठमाण्डौमा थियो । ख्वै कुन्नि किन उसको विदेश जाने कार्यक्रम ढिलाई भईरहेकोले उ काठमाण्डौमा कतै काम गर्थ्यो । उ भाई मान्छे खुब रमाईलो अनि कम्प्युटरमा एक्सपर्ट ( आफ्नो हिसाबले जिनियस ) । उसले उसको अफिस जाउलाखेलमा छ भनेको थियो त्यसैले म अफिसको कामले जावलाखेल(काठमाण्डौ) पुगेको वेला उसलाई सम्पर्क गर्दा भोलि पल्ट ठमेल स्थिति हिमालयन जाभा क्याफेमा भेट्ने कुरा भयो ।

ठमेल स्थित जाभा क्याफेको वारेमा दिनेश बाग्लेको एउटा बल्ग पढेको थिए त्यसैले पनि मलाई त्यहाँ जाने मन थियो । भोलि पल्ट भनेकै समयमा म जाभा पुगे । उ सँग एक छिन ‍भलाकुसारी भयो अनि उ एउटा खैरे सँग मिटिङ्ग छ भनेर हिड्यो ।

छेउमा एउटा मान्छे ले नेट चलाएको देखेर मलाई पनि एक छिन नेट चलाउन मन लाग्यो । मैले मेरो ल्यापटप निकालेर वेटर लाई नेट चलाउन के गर्न पर्छ भनेर सोधे । उसले घण्टको पचास रुपयाँ लाग्ने र त्यसको लागी युजरनेम पासवर्ड लिन पर्ने भन्यो अनि मैले मेरो लागी एक घण्टाको पासवर्ड मागे । शुरुमा मेरो् कम्प्युटरमा नेट कनेक्ट नै भएन । म त त्यस ठाउको नेट कनेक्सनको वारेमा पुरै अनभिज्ञ थिए त्यसैले ति वेटर भाईले जसरी गर्न भन्दै गए त्यसै गरे तर नेट चलेन ।

धेरै वेरको प्रयासमा नेट नचले पछी मैले आफै Obtain an IP Address automatically मा क्लिक गरे । (त्याहाँ कुनै वेला मैले आई पी एड्रेस सेभ गरेको रहेछु )। अब नेट धमाधम चल्न लाग्यो । कुनै वेव साईट खोल्ने वित्तिकै पास वर्ड माग्छ भनेको थियो वेटर भाईले तर पासवर्ड मागेन । मैले यो कुरा वेटरलाई भने उसले पासवर्ड मागेन भने पैसा तिर्नु पर्दैन कुपन दिनु म पैसा फिर्ता ल्याई दिन्छु भन्दै थियो तर मलाई पैसा नतिरी त्यसरी चलाउन डर लाग्यो । मैले पैसा तिरी सकेकोले कुपन साथै राखेर नेट चलाउन थाले ।

कनेक्शन स्पिड ठिकै रहेछ । मेल चेक गरीयो । एउटा क्लाईन्टको डोमेन रजिष्टर गरियो । वेव स्पेश एलोकेट गरियो अनि यो ब्लग पनि तयार पारियो । एक दम निशुल्क ! (जा्ने वेलामा यो कुपन त्यही वेटर लाई दिन्छु कि फेरी त्यही कुपन लिएर फेरी नेट चलाउन आउछु यो कुरा चाँही म यहाँ वाट जाने वेलामा मात्र थाहा हुन्छ ) :-D तपाँईले के सोच्नु भो कुन्नी तर म त्यस्तो लोभी चाँही छैन है !

दोस्रो दिन




पाँच दिनको काठमाण्डौ बसाँईमा दोस्रो पटक चौथो दिन पनि म हिमालयन जाभा आई पुगे । हिजोको वेटर लाई देखिन अनि आफ्नो ल्यापटप निकालेर नेट चलाउन थाले । एक छिनमा एउटा वेटर म तिर आउदै गरेको थिए अनि मलाई केही भन्ला कि भनेर डर लाग्यो अनि "मलाई कुपन ल्याई दिनुस" भने उसले कुपन ल्याएर दियो । आज पनि मलाई नेट चलाउन पासवर्ड चाहिए्न । तर त्यहाँको मान्छे पासवर्ड बिना नेट चल्दैन भन्ठान्दा रहेछन ।

लगभग एक घण्टा चलाए पछि हिमालयन जाभा को वायरलेस नेटवर्कले पासवर्ड माग्यो । मैले अघि नै पासवर्ड लिई सकेको थिए । कुरो हिजोको जस्तै हो अव एक आज पनि म एक घण्टाको नेटको पैस तिरेर लगभग दुई घण्टा कफी पिउदै नेट चलाउने छु । तर यस पालीको काडमाण्डौ बसाँईमा दिन कटाउने राम्रो ठाँउ भेट्टाए मैले।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।