Wednesday, August 19, 2009

NTC को CDMA (Sky) Phone

नेपाल टेलिकमको GSM मोबाईलमा नभएको (छ भने पनि मलाई थाहा भएन । NTC को मोवाईल सेवा सम्बन्धित फाँटको मान्छेलाई त के के सेवा उपलब्ध भईरहेको छ भनेर थाहा नहुदो रहेछ भने मलाई थाहा नहुनु स्वाभाविक हो क्यारे ) भ्वाईस मेल सेवा CDMA मोबाईल सेवामा पाउन सकिदो रहेछ । भ्वाईस मेल सेवा मात्र हैन GSM मोबाईलमा नभएका (?) DO NOT DISTURB, CALL FORWARDING (सिम बाट नै गर्न मिल्ने ) , CALL WAITING, PARTY CALL लगायतका अन्य सेवाहरु पनि CMDA मा हुदो रहेछ ।

Call Waiting


फोनमा कुरा गरीरहेको बखतमा कसैले सम्पर्क गरे त्यसको जानकारी पाउनु को साथै त्यस कल लाई उठाउन तथा काट्न सकिन्छ ।
सक्रिय गर्न *७४
निस्क्रिय गर्न *७४०

Do Not Disturb


यो सेवा एक्टीभेट गरेमा आगमन कल (मात्र) बन्द हुन्छ भने आउटगोईङ्ग सेवा र फोन चालु अवश्थामा रहन्छ ।
सक्रिय गर्न *५७
निस्क्रिय गर्न *५८

Party Call


यो सुविधामा एकै समयमा तीनजना बीच कुराकानी गर्न सकिन्छ । दुईजना कुराकानी गर्दै रहेको अवश्थामा तेस्रो ब्यक्ति सँग समेत कुरा गर्न कल बटन थिच्नु भई तेस्रो ब्यक्तीको नम्बर डायल गरी कुराकानी गराउन सकिन्छ ।

भाषा छनौट


तलका नम्बर डायल गरेर भाषा परिवर्तन गर्न सकिन्छ ।
अग्रेजी *४०२
नेपाली *४१३

Call Forwarding - No Answer


यो सेवा सक्रिय गरेमा आगमन कल २० सेकेन्ठड सम्म नउठेमा अर्को नम्बरमा कल ट्रान्सफर हुन्छ ।
सक्रिय गर्न *९२
निस्क्रिय गर्न *९२०

Call Forwarding – Default


यो सुविधामा कल नउठेमा वा ब्यस्त गरेको बेला नयाँ कल अर्को नम्बरमा ट्रान्सफर हुन्छ ।
सक्रिय गर्न *६८ + फोन नम्बर
निस्क्रिय गर्न *६८०

Call Forwarding – Busy


यो सुविधमा यदि तपाँई कलमा ब्यस्त हुनुहुन्छ भने नयाँ आगमन कल अर्को नम्बरमा ट्रान्सफर हुन्छ ।
सक्रिय गर्न *९२ + फोन नम्बर
निस्क्रिय गर्न *९२०

Call Forwarding – unconditional


यो सुविधा सक्रिय गरेमा तपाँईका सबै आगमन कल नयाँ नम्बरमा ट्रान्सफर हुन्छ ।
सक्रिय गर्न *७२ + फोन नम्बर
निस्क्रिय गर्न *९७०

Voice Mail - No Answer


यो सेवा सक्रिय गरेमा आगमन कल २० सेकेन्ड सम्म नउठेमा भ्वाईस मेल सेवा एक्टीभेट हुन्छ ।
सक्रिय गर्न *९२ + ८
निस्क्रिय गर्न *९२०

Voice Mail - Default


यो सेवा सक्रिय गरेमा कुनै आगमन कल नउठेमा वा ब्यस्त गरेको बेला भ्वाईस मेल सेवा एक्टीभेट हुन्छ ।
सक्रिय गर्न *६८ + ८
निस्क्रिय गर्न *६८०

Voice Mail - Busy


यो सेवा सक्रिय गरेमा तपाँई कलमा ब्यस्त हुनुहुन्छ भने भ्वाईस मेल सेवा एक्टीभेट हुन्छ ।
सक्रिय गर्न *९० + ८
निस्क्रिय गर्न *९००

Voice Mail – unconditional


यो सुविधा सक्रिय गरेमा तपाँईका सबै आगमन कलको लागी भ्वाईस मेल सेवा एक्टीभेट हुन्छ ।
सक्रिय गर्न *७२ + ८
निस्क्रिय गर्न *७२०

1 comment:

  1. कमेन्टको लागी कमेन्ट

    ReplyDelete

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।