Saturday, September 5, 2009

Facebook कि Twitter

उसो त फेसबुक र ट्वीटरको फिचर नै फरक छ तर पनि यसलाई प्रतिश्पर्धीको रुपमा हेरिन्छ । फेसबुक भन्दा अगाडी स्वीट सिक्सटिन हरु माझ हाई फाईभ लोकप्रिय थियो । पत्रकारहरुले फेसबुकलाई चर्चित बनाई दिए । नेपालका पत्रकारहरु ले फेसबुक मन पराएर यसको प्रचार गरे भन्ने चाँही पक्कै हैन किन भने बाबुराम भट्टराई को फेसबुक अकाउण्ट प्रकरण देखी नै यसको लोकप्रियता चुलिएको हो ( भन्दा खासै फरक पर्दैन । )

फेसबुक विछोडिएका साथी सँगी पारीवारिक सदस्यलाई एउटा सञ्जालमा जोड्न र नयाँ साथी बनाउन उपयुक्त मानिनन्छ । अझ यसको ईमेल, ईन्सट्यान्ट म्यासेजिङ्ग, ईमेज तथा भिडीयो सेयरिङ्ग आदीको कारणले नै यसलाई सोसल नेटवर्किङ्ग साईटहरुमा अग्रपङ्गतीमा रहेको भनिन्छ ।

यता ट्वीटरको कुरा पनि कम छैन । यसलाई माईक्रोब्लगिङ्ग पनि भनिन्छ । यसमा आफुमा के बितीरहेको छ त्यस कुरालाई मात्र १४० अक्षरम दुनिया लाई थाहा दिनु पर्छ । थोरै शब्दमा भन्नु पर्दा फेसवुकमा सवै कुरा हटाएर वाल मात्र राख्ने हो भने ट्वीटर बन्छ ( भन्न सकिन्छ ) ।

उमेरकै कुरा गर्ने हो भने फेसबुक ट्विटर भन्दा जेठो हो । फेसबुक 1997-03-29 रजिष्टर भएको थियो भने ट्वीटर 2000-01-21 मा रजिष्टर भएको थियो । ट्वीटर विरोधीहरु यसलाई फेसबुको एउटा भागको कपी मान्दा रहेछन भने फेसबुक विरोधीहरु यसलाई ट्वीटर जस्तो हुन खोजेको आरोप लगाउदा रहेछन ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।