Sunday, October 4, 2009

एउटा कम्प्युटर ईन्जिनियर लाई मेरो प्रश्न

माईसन्सार यस लेखको बारेमा बहस
बिगत केही वर्ष देखी वेव होस्टीङ्ग को कामलाई व्यवशायको रुपमा स‌चालन गर्दै आएको हुनाले वेव सर्भरको वारेमा जानकारि राख्नु मेरो लागी व्यवशायिक आवश्यकता भई सकेको छ । खासमा यसो गर्नको लागी त्यस्तो धेरै ज्ञानको जरुरी पर्दैन । सवै कुरा त ईन्टरनेटमा नै त छन नि खाली खोज्नु पर्छ । त्यसमा पनि गुगल दाई भए पछी खासै टेन्शन पर्दैन । #गुगल दाई भनेको ‍= Google.Com :-D

आजकल वेव साईट ह्याकिङ्ग, क्रयाकिङ्ग र डाटावेस ( र प्रोग्रामिङ्ग) ईन्जेक्सन यति स‌वेदनशिल भै रहेको छ कि यदी (वेव)होष्टमाष्टर अलिकती चनाखो भै दिएन भने खत्तमै भईन्छ । मैले पनि आफुले होष्ट गरेको एउटा साईट बचाउन एक रात एक विहान खर्चनु परेको थियो ।

केही हप्ता अघि ईन्टनेट चलाउदा चलाउदै जादाँ अलि अल्छी लागेकोले कुन कुन नेपाली साईट ह्याक भएछन भनेर खोज्न थाले । खोज्दै जादाँ एक दर्जन भन्दा बढी साईट ह्ययाक / क्रयाक भएका रहेछन । कहिले काँही आफुलाई मनलागेको वेला मेरो स‌सारमा लेख लेख्ने गरेको हुनाले र ह्याक भएका साईटहरुको वारेमा सम्बन्धित लाई जानकारी दिनु पर्ने राम्रो हुने ठानेर मैले उमेश जी लाई मेल गरे मैले ईमेल पठाएको केही बेरमै सो ब्लग पब्लिस भो


माईसन्सार न हो त्यहाँ तर्क वितर्क त भै हाल्छ । त्यही ब्लगको बारेमा मलाई एउटा ईमेल पनि आयो । पठाउनेको नाम तेज नारायण शाह रहेछ । उनको प्रश्न "ले-म्यान" ले सोध्ने खालको थियो , भन्नाले सम्बन्धित बिषय प्रति ब्यबहारिक वा सैदान्तिक ज्ञान नभएको । ईमेलमा मलाई बदमास र मेरो पनि मिलीभगतमा ह्ययाक भएको भनेर भनेको हुनाले मलाई रिस उठ्यो । "आफ्नो थैली दर्हो नबाध्ने अनि अरुलाई चोर दोष लगाउने !"


Tej Narayan Ray Sun, Sep 6, 2009 at 6:10 PMर
To: [email protected]
Hello sir

ke ho milibhagat ho ki kya ho hacker sang? tapai lai ta site ma na bhayeko link pani thaha chha . www.mowcsw.gov.np/photoalbum/136ash.htm kasari thaha bhayo. yo sabai tapai haru ko badmasi ho.kasai lai thaha na bhayeko link tapai haru lai thaha hunchh? if possible try to mail me.

~ Tej

अनि मैले ति महाशयको वारेमा गुगल दाईलाई सोधे । ठ्याक्कै त्यही नाम गरेका ब्यक्ति National Information Technology Center (NITC) मा कम्प्युटर ईन्जिनियर रहेछन । अनि मैले उनलाई ईमेल पठाएर तपाई र NITC को तेजनारायण राय एकै ब्यक्ती हो भनेर सोधे । उता वाट केही रेसपोन्स आएन ।

तर मलाई विना आधार बदमास भन्ने ति ब्यक्ती र NITC को कम्प्युटर ईन्जिनियरको नाम मिलेकोले मलाई झन उनको वारेमा खोजीनिती गर्न मन लाग्यो । मलाई ईमेल पठाउन प्रयोग गरेको कम्प्युटरको आईपी र NITC को आईपी ठ्याक्कै मिलेकोले म पक्का भए मलाई आरोप लगाउने ब्यक्ती तिनै कम्प्युटर ईन्जिनियर रहेछन ।

हाम्रो समाजको सामाजिक स‌रचना नै यस्तो भन्नु पर्छ कुनै मान्छे अलि ठुलो पदमा पुग्यो भने फुटपाथका मान्छेलाई जस्तो दोष लागाए पनि हुन्छ भन्ठान्छन । त्यसैले ति महाशयले मलाई त्यसरी दोष लगाउदा मलाई ब्यक्तीगत रुपमा त्यस्तो धेरै दुख लागेन तर सर्वसाधरणले तिरेको करले स‌चालनमा रहेको स‌स्थाको जिम्वेवार ‌ओहदमा बसेको ब्यक्तीको विषयवस्तु प्रतिको ज्ञान देखेर मलाई दुख: लाग्यो । उनले त आफ्नो ओकातमा उर्लेर मलाई बदमास को पगरी गुथाई दिईहाले मलाई भन्नु केही छैन तर मलाई उनि (ब्यक्ती भन्दा पनि उनको हाकीमी प्रवृती सोच र ज्ञानको वारेमा अझ भनौ नेपाल सरकारको तर्फवाट सुचना प्रविधीको कमान सम्हाल्ने जिम्मा पाएको स‌स्थाको कम्प्युटर ईन्जिनियर) सँग केही प्रन गर्न मन लागेको छ ।

  1. के वेव डिजाईनरले डिजाईन गर्दा राखेको लिङ्कलाई विगारेर मात्र वेव साईट ह्याक गरिन्छ ?
  2. विभिन्न सर्च ईन्जिन लगायत ह्याकिङ्क ट्रयाक गर्ने साईटको वारेमा मन खोजिनीति गर्ने हो भने दैनिक सयौ वेव साईट ह्यक भएको खबर पाउन सकिन्छ र त्यसो गर्न यस विषय प्रति ज्ञान बढाउनु भो भने तपाईले पनि सक्नु हुनेछ तपाईले मलाई के को आधारमा ह्याकर सँग मिलेको भन्नु भएको हो ?
  3. तपाई नेपाली जनताले तिरेको करवाट विज्ञान तथा प्रविधी मन्त्रालय अन्तर्गत समाजमा सुचना प्रविधी प्रती ज्ञान अभिवृदी गर्न र सुचना प्रविधीलाई प्रवर्दन गर्न गठित सुचना प्रविधी केन्द्रको कम्प्युटर प्रविधी केन्द्रको कम्प्युटर अधिकृत हुनु हुदोरहेछ तर सुचना प्रविधी सँग पर्यायवाची नै हो कि भनेर जोडिने गरी आउने वेवसाईट र ईन्टनेट सम्बन्धी सार्है थोरै सतही ज्ञान रहेछ तपाई ईन्जिनियर भनेर किन त्यस केन्द्रमा राख्ने ?
  4. unpark.gov.np को वेव साईट तपाईहरु कै नाममा रहेको वेव सर्भरमा होष्ट गरिएको रहेछ त्यो पनि ह्याक भयो र अहिले सम्म पुर्ण स‌चालनमा छैन । आठ आठ जना कम्प्युटर ईन्जिनियर हुदाँ पनि एउटा वेव सर्भरको सुरक्षा गर्न सक्नु हुन्न भने तपाईहरुले गर्ने काम के हो ? हामीले तिरको करवाट सरकारले तपाईलाई पालिरहेको छ भने यो काम (सुरक्षाको)कसले गर्ने ?
  5. कम्प्युटरमा सवै कुरा एउटै ब्यक्तीले जानेर सम्भव नहुन सक्छ यस्तो अवश्थमा केही कुरा सिक्ने की

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।