Thursday, October 8, 2009

नेपालको वजारमा प्रोफेशनलि्ज्म

खैरेहरुले नेपालीहरु प्रोफेशनल छैनन भनेको कुरा आफ्नै क्लाईन्ट र आफ्नै काम देखेर मलाई साच्चै सही हो की भन्ने लाग्छ । वी पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान का एक जना नाम चलेको डाक्टर साहेबको आग्रहमा  प्रतिष्ठानको आधिकारीक मेडीकल जर्नल हेल्थ रिनाईन्स को लागी एउटा वेव साईट बनाएको थियौ विजय गुरु र म मिलेर ।


काम त हामीले उनले भने जसै, भनेकै समयमा गर्यौ तर डाक्टर सापले चाँही हाम्रो काम गरि दिनु भएन । हामीले बनाएको मेडिकल जर्नलको साईट वेवारिसे बन्यो । शुरुमा कुनै लिखित सम्झौता नगरी (डिग्रीको को पनि कुनै मुल्य हुन्छ नि प्रोफेसर जस्तो मान्छेल गर्नु भनेको कामको लागी लिखित कन्ट्रयाक नै गर्नु पर्छ भन्ने कुरा मलाई के थाहा !!) काम गरियो तर त्यसलाई न सरोकार वाला ले प्रयोगमा ल्याए न हाम्रो मेहनतको पैसा नै दिए ।


त्यस पछी बाटामा डाक्टरसाप लाई भेट्दा आफैलाई लाज लाग्न थाल्यो मैले वहाँ सँग यसको कुरा गर्न छाडे उहाँ पनि गर्नु हुन्न तर पनि मलाई यस घटनाले प्रोफेस्नालिज्म भनेको के हो भन्ने कुरामा सजग गराईएको छ ।

यस्तो घटना अहिले मात्र भा हैन म सँग । कुरा लगभग ७ , ८ वर्ष अगाडी  म एउटा सरकारी स्कुलमा पढाँउथे । त्यसताका म मा सवै कुरा लाई ईन्टरनेटिकरण (यो मेरो आफ्नै अँग्रेजी हो :-D) गर्ने हावा लागेको थियो । जिल्ला शिक्षा कार्यलयको धरान स्रोत केन्द्रमा सत्यनारायण राजधामी भन्ने ब्यक्ती थिए स्रोत ब्यक्ती । अहिले सम्झीदा स्वाभावले उनि अली फुर्के किसिमका थिए । तर सवै सँग "युजर फ्रेण्डली"  !!!
(अगाडी चिनेको कुनै मान्छे देख्यो भने कति खेर नमस्ते गर्छ भनेर नमस्ते फर्काउन तम्तयार, गजक्क पर्ने, बोल्दा पनि ईगो प्रोब्लम भईरहेको छ कि जस्तो लाग्ने मास्टर साहेब हरु पनि देखेको छु यसैले धामी सरलाई कम्प्युटरको भाषामा म युजर फ्रेण्डली भन्न चाहन्छु )।

भर्खर ईन्टरनेट चलाउन र वेव साईट बनाउन सिकेको थिए । मलाई धरानको सम्पुर्ण हाई स्कुलहरुको बारे जानकारी वेवमा राख्न मन लाग्यो । स्कुलको वारेमा सामान्य जानकारी दिने,अलि अलि फोटो राख्ने, स्कुलका सम्पर्क ब्यक्तिको वारेमा जानकारी दिने, त्यस स्कुलमा अध्यापनरत शिक्षकको दिन मिल्ने सम्मको जानकारी राख्ने भन्ने मेरो सोच थियो ।

यसवाट एउटा ईतिहास नै बोकेका विध्यालयको परिचय स‌सार भरी फैलाउने, स्कुल छोडेको कुनै ब्यक्ति विदेश पुगेको रहेछ वा नेपालमै राम्रो सँग काम गरिरहेको रहेछ र आफु पढेको स्कुललाई कुनै पनि किसिमको सहयोग गर्न चाहने लाई सहयोग पुग्ने भन्ने आश थियो । यो काम पुर्ण रुपमा स्वयसेवी सहयोगले गर्ने सोच थियो । तर सवै काम स्वयसेवी सहयोगले हुने भए पनि वेव स्पेश चाँही किन्नु पर्ने थियो । त्यस ताका नेपालमा वेव स्पेश महङ्गो नै थियो । एउटा नाम चलेको कम्पनीले दुई हजारमा २ एम बी वेव स्पेश दिने प्रोमोशनल प्याकेज ल्याएको थियो त्यो किन्नलाई रु दुई हजार चाहिने कुरा मैले धामी सरलाई गरे उहाँले त्यतीखेर सहर्ष स्वीकार गर्नु भयो । म पनि खुव फुर्किए जसो तसो वेव साईट तयार भयो अनि म धामी सरकोमा वेव स्पेश किन्ने पैसा लिन गए । यसको बारेमा धेरै कुरा नगरु जस्तो लाग्यो कुराको निचोड के रहयो भने मैले धामी सरवाट धरानको सवै हाईस्कुलको ईन्फरमेशन वेव साईटमा राख्न दिन्छु / ब्यबश्था गरि दिन्छु भनेको रु दुई हजार दिनु भएन । काम त्यसै रहयो ।