Saturday, October 10, 2009

बाराक ओबामाको नोबेल शान्ति पुरस्कार

जसले जे सुकै भनोस बाराक ओबामा ले नोबेल पुरस्कार पाएको धेरैलाई मन परेको छैन । विश्व जनमतमा हामी नेपालीको त के नै कुरा भयो र तर पनि बाराक ओबामाले पाएको पुरस्कारमा चित्त नबुझाउने धेरै भेटिए ईन्टरनेटमा । बाराक ओवामाले पुरस्कार पाएको घोषणा हुने वित्तिकै स्वय‌ ओबामा मात्र हैन धेरै "सक" भए अनि आ आफ्नो तरिकाले प्रतिक्रिया ब्यक्त गरे । 

यत्तिकैमा Jesper Åström नाम गरेका एक स्वीडेनी युवकलाई खपि नसक्नु भएछ अनि उनले त एक वेव साईट नै खोलि दिएछन । अब उनको लागी नोबेल शान्ति पुरस्कार घोषणा गर्नको लागी नोबेल जुरी पनि नचाहिने भएको छ । उनले एउटा वेव साईट शुरु गरेका छन जसमा जो कोहीले नोबेल शान्ति पुरस्कारको लागी जो सुकैलाई नोमिनेट गर्न सक्छ जसलाई retweet, voting आदी माध्यम वाट निर्णय लिईनेछ र त्यसरी निर्णय लिईएको ब्यक्ती लाई वास्तविक हकदार दाबि गरिने छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।