Friday, October 30, 2009

नेपालका प्रमुख तिन ब्लग साईटहरु

कुनै आग्रह पुर्वाग्रह नराखी नेपालका प्रमुख ब्लग साईटहरुको नाम लिनु पर्दा mysansar.com, blog.com.nphamroblog.com को नाम लिनु पर्ने हुन्छ । मुख्यत यि तिनै साईटले राजनितीलाई कभरेज गर्छन । नेपालका वेव साईटहरुमा कि राजनिती कि ग्लामर नै बिकाउ कन्टेन भएको हुनाले राजनिती लाई आफ्नो रुचीको विषय नै नमाने पनि सवैले प्रमुख नेपाली ब्लग साईटको नाम लिनु पर्दा यि तिनै को नाम लिनु पर्छ ।

तर यि तिन साईटमा पनि यिनीहरुलाई कसरी क्रमबद्द गर्ने भन्ने कुरा अलि गार्हो छ । दिनेश वाग्लेको भारत प्रवास पछी blog.com.np को साख गिरेको छ । अझ उनले यो साईट शुरु गर्दा ताकाको ब्लगर साथीलाई छोडेर बाक्लो दाल खान लागे पछी उनको ब्लगको चाँही कन्त विजोग नै भा जस्तो लाग्छ ।  हुन त यो उनको प्राथमिकतामा नपर्न सक्छ । तर उनको लेखन शैली ले उनको ब्लगलाई धेरैको प्राथमिकतामा पारेको छ । ब्लग डट कम डट एनपी ले मात्र नपुरेर वाग्ले स्ट्रीट जर्नलको ब्लगमाण्डुमा भौतारिने हरुमा म पनि पर्छु

नेपालका चलेका १० नेपाली साईटको नाम लिनु पर्दा mysansar.com पनि पर्छ यसमा कुनै श‌का छैन अझ चलेको नेपाली ब्लगको नाम लिनु पर्दा यसको स्थान टुप्पामा पर्छ । यसको कन्टेन र यसको ले - आउट डिजाईन को स्तरियता बढो गम्भिर बहसको विषय हुन् सक्छ तर यसमा ले उठान गर्ने विषय र त्यसका प्रतिक्रिया धेरैको रोजाईको पठनिय सामग्री हो । म त यसलाई माईसन्सार कल्चर भन्छु । छापामा जसरी कान्तिपुर राज छ कुनै दिन ब्लगीङ्ग मा माईसन्सार राज चल्ने देखीन्छ । जसरी गगन थापालाई कान्तीपुरले हिरो बनायो त्यसरी नै ऋषि धमला लाई माईसन्सारले भिलेन बनाउने देखिन्छ ।

सिधै काँग्रेसी भएर सोच्ने  र लेख्ने अनि काँग्रेसी चस्मा वाट नेपालको राजनिती हेर्ने काम हाम्रो ब्लगले गर्छ । जसरी काँग्रेस ईतरका काँग्रेस भनेको गिरीजाबाबु भन्छन त्यसरी नै हाम्रो ब्लग डट कम लाई हाम्रो ब्लग भन्नाले हामी काँग्रेसी भन्दा खासै फरक पर्दैन । यस अर्थमा भन्नु पर्दा हाम्रो ब्लगको लिङ्ग छुट्टीएको मान्नु पर्छ । उनको ब्लगको कन्टेनको भन्दा पनि त्यस ब्लग का ब्लगरले उनको ब्लगमा गरेको परिक्षण रमाईलो छ । वर्ड प्रेसको थिम कस्टमाईज गर्न देखि लिएर वर्डप्रेस प्लगईन ईन्सटल गर्नमा यि ब्लगरलाई माथीका दुबै बल्गले भेट्दैनन ।  मलाई त के लाग्छ भने यिनी ब्लगर कुनै दिन सफल राजनैतिक ब्लगर भन्दा पनि वर्डप्रेस ह्यकर भनेर चिनिने छ न। नयाँ पत्रिकामा अपराध पत्रकारिता गरि रहेका भनिने यि ब्लगर नेपाली ब्लगिङ्गमा च्वाट्ट चुट्ट परेको एउटा नौलो स्वाद हुन भन्दा फरक पर्दैन ।

3 comments:

  1. म पुर्ण सहमत छु तपाइको rating मा ।

    ReplyDelete
  2. @kpsharma सहि बिस्लेशण का लागी धेरै धेरै धन्यबाद।

    ReplyDelete
  3. i usually visit paniphoto.com which makes me update in current offairs.

    ReplyDelete

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।