Monday, October 12, 2009

MySansar.Com ले सुधार गर्नु पर्ने १० वटा पक्ष

  1. वेव साईटको दुनियाँमा वेव 2.0 अनुसारको डिजाई ले तहल्का मच्चाई सक्यो तर यसले स्थापना काल देखि नै आफ्नो डिजाईन परिवर्तन गरेको छैन । भन्नलाई साईटको डिजाईन हेरेर भन्दा पनि साईटमा पब्लिश भएको कन्टेनको आधारमा वेव साईट हेर्छन भन्न सकिन्छ तर एकै खालको डिजाईनिङ्गमा पुरानो र नियमित युजरलाई खासै फरक नपर्ला तर नयाँ लाई आर्कशित गर्नलाई र आफ्नो साख बचाई राख्नको लागी पनि नयाँ डिजाईनिङ्ग को खाँचो छ ।
  2. उसताका यस साईटको मष्टहेड मा यस साईटका ब्लगरको फोटो देखिन्थ्यो सम्भवत यस साईटले mysansar.com को डोमेन लिए पछि नयाँ (हाल प्रयोगमा रहेको ) मष्टहेड देखा पर्यो जुन राम्रो पनि छ तर त्यस ईमेजको HTMl alternative tag (alt="') मा Mysansar - Merosansar - The First Nepali blog. Banner designed by Nischal Tiwari. लेखेको छ चाँही अलि नमिल्दो र अब्यबहारीक देखिन्छ । ईन्टरनेट एक्सप्लोरर सिक्स मा यो कुरा खासै याह हुन्न क्यार तर प्रयोगकर्ताको ईन्टरनेट स्पिड स्लो छ वा व्राउजर फायरफक्स , ‌ वा ओपेरा छ भने यो कुरा देखिन्छ ।
  3. भर्खरै जस्तो माई सन्सारले राईट साईडमा राखेको रिसेन्ट कमेन्ट लिङ्क राम्रो छ । यसले कुन ब्लगपोष्टमा तात्तो बहस चलिरहेको हुन्छ थाहा लाग्छ । र अन्धोपान्ध पढेर एकै पटकमा धेरै वटा पोष्टमा कमेन्ट गर्ने लाई कसैले तुरुन्त कमेन्ट मा माथी कमेन्ट गर्यो भने मुख फर्काउन सजिलो भएको छ । तर त्यसै गरी रिसेन्ट ब्लग पोष्ट मोष्ट भ्युड पोष्ट जस्ता साधारण तथा लोकप्रिय ग्याजेट प्रयोग गर्न जरुरी देखिन्छ ।
  4. शुरुवात देखी नै यो वर्डप्रेस स‌चालन भईरहेको छ। तर बेला बखत विषय सन्दर्भमा युजर हरु वाट पोष्ट हुने कमेन्ट हेर्दा यसलाई अन्य बैकल्पिक कन्टेन मेनेजमेन्ट सिष्टममा पो स्विच गर्ने हो कि भन्ने लाग्छ । विश्व प्रशिद्द र निशुल्क ड्रुपाल जुम्ला जस्ता सि एम एस ले अझ बढि केहि गर्न सक्छ कि !
  5. १६ घण्टे लोडसेडिङ्ग ताका माई सन्सारमा रजिष्ट्रेशन गर्ने र रजिष्टर युजको अटोमेटिक कमेन्ट पब्लिश हुने ब्यबश्था मिलाईएको थियो तर विचमा साईटमा प्राविधिक (?) खरावी उत्पन्न भएर त्यो सिस्टम पुरै बन्द भो । यसले रजिष्टर युजर वाट जिम्बेवार र जवाफदेही कमेन्ट गर्न भन्दा विभिन्न उपनामवाट जथाभावी कमेन्ट गर्न उक्साई रहेको जस्तो देखीएको छ त्यसैले कमेन्ट को सन्दर्भमा अझ वढी टेक्नीकल्ली परफेक्ट बनाउनु जरुरी देखिएको छ ।
  6. रातो टिका निधारमा…भन्ने बल्गमको रिलेटेड पोष्टमा १. शुभकामना है विजया दशमीको २. दशैँको शुभकामना छ है ! ३. हराएन पानीको वर्षा ४. लुनाको क्यामेराबाट ५.तीजको रमझम भन्ने पाँच वटा पोष्टको लिङ्क दिएको छ जस्मा १ देखी ३ सम्मको पोष्टलाई रिलेटेड पोष्ट भन्दा ठिकै छ तर ४ र ५ नम्बरको पोष्टलाई रिलेटेड पोष्ट भन्न रित्तिभर सुहाउन्न । त्यसमा पनि ४ नम्बरको पोष्ट र रातो टिका निधारमा .......... भन्ने पोष्ट त कतै पनि मिल्दैन । मैले बुझे सम्म रिलेटड भन्नको लागी कुनै पोष्टको लागी निश्चित ट्याग तोक्नु पर्छ र त्यही ट्यागको आधारमा रिलेटेड पोष्ट भनिन्छ अथावा वर्डप्रेसको स्क्रीप्ट ह्याक गरेर स्टोरी कन्टेन को आधारमा रिलेटेड पोष्ट थाहा हुने बनाउन सकिन्छ । तसर्थ ब्लगगरले कुनै ब्लग पोष्ट गर्दा अल्छी नगरी त्यसको रिलेटेड कि वर्ड (ट्याग ) डिफाईन गर्न जरुरी देखिन्छ ।
  7. Filed under: Citizen (Participatory) Journalism — admin @ 10:20 am कुनै पनि पोष्टलाई यस प्रकारले क्याटगोराईज गर्ने गरिएको छ । गहिरिएर बिचार गर्दा अलि नमिले जस्तो लाग्छ । Citizen (Participatory) Journalism भने पछी त्यसको राईटर कसरी admin भो त ? वर्डप्रेसमा जेनरल प्राक्टिस के छ भने फाईल क्याटगोरी पछी अथर कै नाम लेखिन्छ । माईसन्सारले विभिन्न गेष्ट राईटर को ब्लग पब्लिस गर्ने हुनाले सबै र सधै भरी ब्लग अथरको नाम त्यसरि लेख्ने बनाउन अलि ब्यबहारी देखिन्न तर यसको स्क्रीप्ट मोडिफाई गरे र त्यो नै नआउने बनाउन सकिन्छ । त्यस्तै सँगै आउने समय NST हो भन्ने वुझाउने गरी केहि लेखी दिए झन सुनमा सुगन्ध हुने थियो । किन भने यो साईट नेपाल वाट भन्दा विदेश वाट हेर्छन ।
  8. यस लाई ट्रयाक गरि रहेको साईटका अनुसार 1114662 (39.55% ) भिजीटर हरु डाईरेक्ट http://www.mysansar.com भन्ने वेव एड्रेस टाईप गरेर यो साईट हेर्छन भने 9.16% भिजीटर http://www.nepalipost.com/index मा भएको लिङ्क टाईप गरेर र 5.73% http://www.nepaljapan.com मा भएको लिङ्कमा क्लिक गरेर यो साईट सम्म आई पुग्छन । यस वाट के बुझन् सकिन्छ भने यो साईटको लोकप्रियतामा अन्य साईटहरुको पनि अप्रत्यक्ष्य योगदान छ त्यसैले त्यसैले कुनै एउटा पेज वाट नै भ्ए पनि लिङ्क एक्सचेञ्ज गर्दा राम्रो हुन्छ (तर यो ब्लगगरको ब्यक्तीगत बिचार हो ।) ।
  9. तर यस साईटमा नेपालको समय भनेर http://www.clocklink.com/ को बिनाबित्थामा बिज्ञापन भई रहेको छ । यसलाई ३ -४ लाईनको PHP स्क्रिप्ट लेखेर आफ्नै किसिमको बनाउन सकिन्छ । क्लक लिङ्कको बिज्ञापनको सट्टा अन्य वर्डप्रेसका लोक प्रिय ग्याजेट प्रभावकारी हुन्छन ।
  10. यो साईट आफैमा लोकप्रिय छ तर पनि यसमा भएका लेख रचना सम्बन्धमा बहस गर्नको लागी सोसियल नेटवर्किङ्ग साईट को प्रयोग बढाउनु पर्ने देखिन्छ । हाल यसले फेसबुकमा कन्टेन सेयर गरिरहेको छ तर Delicious.Com जस्ता चर्चित बुक मार्किङ्ग साईटमा पनि यसको प्रयोग (बुक मार्ग गर्न मिल्नेव गरी ) बढाउनु जरुरी देखिन्छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।