Sunday, November 1, 2009

गुगल दाई (Google.Com) को बदमासी



यदी तपाँई NTC वा नेपालको भनेर रजिष्टर गरिएको ISP को IP Address चलाउनु हुन्छ भने एउटा कुरा याद गर्नु भा छ ? गुगलले तपाँईको निर्दोश जिज्ञासाको अर्थको अनर्थ लगाई दिन्छ । तपाँईले कुनै आज्ञा दिनु वा कुनै सेटिङ्ग परिवर्तन गरी रहनु पर्दैन गुगल आफै बाठो भएर तपाँईले कुनै एउटा अँग्रेजी अक्षर टाईप गर्ने वित्तिकै त्यो अँग्रेजी अक्षरको रोमन नेपालीमा सवभन्दा बढी र भर्खर सर्च गरीएका नेपाली शब्द देखाई दिन्छ ।

यहाँ सम्म कुरा ठिकै छ तर गुगल ले ट्रान्सलेट गरेको अक्षर वाट बन्ने suggested keyword चाँही अलि अप्ठ्यारो पार्ने खालका हुन्छन । माथी चित्रमा नै हेर्नुस न मैले s मात्र टाईप गरेको थिए गुगल दाई बाठो भएर सम्भोग  पनि भनि दिई हाले । अँग्रेजीमा s वाट लाखौ word बन्छ भने नेपालीमा स श वा ष वाट हजारौ शब्द तयार हुन्छ । स भन्ने वित्तिकै सम्भोग नै चाँही कसरी भन्न सकिन्छ ?


मलाई याद छ पहिले पहिले घरमा घरका मान्छेको आँखा छलेर गुगलमा फटा' कुरा सर्च गर्नेहरु सर्च हिष्ट्री सेभ भै दिएर हैरान हुन्थे । साधारण तय गुगल ले पहिले सर्च गरेको keyword लाई सजेष्टेड कि वर्डको रुपमा प्रश्तुत गर्छ यसो भन्दा माथि दिए जसरी s टाईप गर्ने वित्तिकै सम्भोग भन्ने सजेष्टेड कि वर्ड देखीयो भने त जस्ले पनि यो एडल्ट कन्टेन्टमा बानि परेको रहेछ भनेर भनि हाल्छ नि ! तर त्यसो हैन नि !

यहाँ मैले s टाईप गरेर राम्रै गरेको छु किन भने s वाहेक  वाँकी रकेका २५ वटा अक्षर मध्ये अरु कुनै एक (के के हुन सक्छ विचार गर्नुस ! ) टाईप गरेको र मेलै नेट सर्च गरि रहेको बेला दिदी बहिनी वा मान्यजन कोही साथै भै दिएको भए त वित्याँसै पर्ने रहेछ ।

4 comments:

  1. क्या गजवको कुरा उठाउनु भो तपाईले त । सत प्रतिशत साँचो कुरो हो यो ।

    ReplyDelete
  2. यस्तो चाहिँ मैले पनि अनुभव गरेको छु । सायद अत्याधिक मात्रामा यस्ता कुराहरु खोजिने भएका हुनाले देखाइएको हो कि ? खै आफुलाई काला अक्षर भैसी बराबर छ यी प्रविधिहरुमा तर पनि सिक्ने कोशिस गर्दैछु ।

    ब्लग निकै राम्रो लाग्यो । अब नियमित डुल्ने गरिन्छ यस ब्लगमा ।

    ReplyDelete
  3. यसको समाधान राम्रै छ नि, सर्च गर्नु भन्दा अगाडी Google.com in English भनेको ठाउँ मा क्लिक गर्नुस अनि आफुले लेख्न चाहेको कुरा लेखेर सर्च गर्नुस |

    ReplyDelete

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।