मलाई पनि एउटा क्लाईन्टले यस्तै बनाई दिन भनिरहेको थियो । ईन्टरनेटमा पढ्ने र सिक्ने धेरै कुरा छन त्यसैले ईपेपर कसरी बनाउने भनेर मैले धेरै दिमाग ख्याईन । ठाडै गुगल दाईलाई सोधे ईपेपर कसले बनाउछ ? सजिलै उत्तर था लाग्यो अनि उसैलाई सोधे ई-पेपर वेव साईट बनाएको कति लाग्छ ?
उनिहरुको प्राईस कम्तिमा मलाई चाँही "सक" पार्ने खालको थियो । प्रति दिन प्रति पेजको ४८ रुपयाँ । अव हिसाव गर्नुस त कान्तिपुर ले कति तिर्छ ? कान्तिपुरमा प्रत्येक अङ्कमा कम्तिमा १६ पेज छापिन्छ यस हिसावले महिनामा कम्तिमा ४८० पेज वर्षमा ५,७६० ! लौ मैले शनिवारको कोसेली शुक्रवारको हेलो र आईतवारको वाल विशेशाँक हिसाव गरिन । त्यसलाई हिसाव नगर्दा पनि वर्षमा ५,७६० पेज प्रकाशित हुदो रहेछ । २,७६,४८० अँ हो वर्षमा कम्तीमा दुई लाख छयत्तर हजार चार सय असी । लौ, अब शनिवार र शक्रवारको विशेशाँङ्क पनि हिसाव गरै । वार्षिक सालाखाला ८३२ पेज अर्थात ३९,९३६ रुपयाँ जम्मा ३,१६,४१६ !! ल भो यार ! अव अरु हिसाव नगरु किन भने कुरा छर्लङ्ग छ । कान्तिपुरले ई पेपर होष्ट गर्न कम्पतीमा वार्षिक पौने चार लाख (चालिस हजार सेटअप फि पनि छ ) भन्दा वढी नै खर्च गर्छ । (साच्ची यो मुल्यमा १०/ ११ प्रतिशत कर पनि लाग्छ भन्या थियो तर मैले कुरा गर्दा यसलाई छुट गर्न सकिन्छ होला भन्ने कुरा भयो । हुन्छ हुदैन नभनेकोले मलाई यसो भनेर ईन्गेज गर्न खोज्या हो कि मैले त वुझिन ! तर ईन्टरन्यासनल विजनेस भएकोले कर मिन्हा भो भन्ने एज्युम गरौ न ! हुदैन भने पनि कान्तिपुर त पँहुचवाला हो कर मिन्हा गरायो होला । )
(
म त नियमित पाठक हो ईपेपरको !! एकदम मज्जा आउँछ पढ्नलाई !!
ReplyDeleteखै, मलाई त ईपेपर मा कहिले पनि लगइन गर्न दिँदैन !
ReplyDelete