Saturday, November 28, 2009

गुगल दाईको छलाङ्ग (Google Wave)

गुगल दाईले छलाङ्ग मारेको हेर्न मैले के मात्र गरीन । गुगलदाई लाई गुहारे  ट्वीटरमा भिख मागे आफ्ना चिने जानेका र यसले चाँही गुगल वेभ चलाउछ होला भन्ने लागेका जती सवैलाई मेल गरे कसैले लछार पाटो लगाएनन । " खाने वालो का नाम दाने दाने पे लिखा होता है  " भन्छन नि आज गुगल दाईले आफै निमन्त्रणा पत्र पठाए मलाई ।

अहिले म दङ्ग छु तर यसलाई चलाउन र छलाङ्ग मार्न सिक्नु छ । अनि अर्को कुरा म सँग चौध वटा ईन्भिटेसन वाँकी छ । म थुपारेर राख्ने मुडमा छैन तपाई पनि चलाउने मुडमा हुनु हुन्छ भने भन्नु होला पहिले अनुरोध गर्ने चौध जनालाई म निरास पार्दिन ।


अपडेट गुगल दाईको कुरा बुझ्नै गार्हो  मेरो ईन्भिटेशन सकिन लागी सक्यो उता ईन्भाईटीहरु मैले ईन्भिटेसन पाएकै भन्दै हुनु हुन्छ । सायद गुगलले अलि समय लिन्छ क्यार (गुगल दाई त्यसै भन्दैछन ।) तर मैले पठाएको ईन्भिटेशन अवश्य पनि तपाँईको हात लाग्छ । ईन्बक्स र स्पाम फोल्डर चेक गर्दै गर्नु होला ।