Saturday, January 16, 2010

साच्चै, उदित नारायण झा कहाँ का हुन ?


यसो त उदितनारायण झा को राष्ट्रियता बारेको विवाद कहिल्यै साम्य हुने देखिदैन।  भारतिय नागरिकहरुलाई मात्र दिने पद्मश्री अर्वाड पछी उनको नाक मुख देखिएको छैन नेपालमा, सम्भवत अब उनि आउने पनी छैनन । किन भने नेपाल आए पछी उनले म नेपाली हैन भन्न गार्हो हुन्छ  त्यस बखत भारतिय सञ्चार माध्ययम ले उदित नेपाली हुन भनेर हल्ला गरि दिेने छ ।

विकीपेडीया हेर्दै थिए उनि भारत स्थित बिहारमा जन्मेको भन्ने कुरा पढ्नमा पाईयो ।
Udit Narayan Jha was born in Basi village in Supaul district, Bihar, India on December 1, 1955 at his maternal grandparents' home to Brahmin farmer Hare Krishna Jha and mother Bhuwaneshwari Devi. There are other reports that he was born in Raj Biraj town of Saptari district in southern Nepal. Mr. Narayan has denied this. (भारतको प्रसिद्द दैनि पत्रिका द हिन्दुमा प्रकाशित यस सम्बन्धी समाचार हेर्नुस ।)
यत्तिकैमा मलाई बस वाट काठमाण्डौ जाँदा कोशी ब्यारेज कटे पछी मान्छेले उदित नारायणको घर यही पर्छ भनेको याद आयो । उनी कहाँ जन्मेका हुन भनेर उनकी आमाले भनेकी भए उनलाई राम्रो सँग थाहा हुनु पर्ने हो । उनि भारत स्थित मावलमा नै जन्मेका भए पनि हाम्लाई केही फरक पर्दैन तर उनले यो कुरा प्रष्ट गर्नु पर्ने हो । बढो दुख साथ भन्नु पर्छ  यस किसिमले आफ्नो राष्ट्रियता प्रति प्रष्ट  हुन नचाहेका / नसकेका कारणले नै नेपालमा महेन्द्र राजमार्ग पारीकामधेसी समुदायका नेपालीहरुलाई वारीका नेपालीहरुले श‌काको दृष्टीले हेर्ने गरेका छन ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।