Friday, March 19, 2010

अनसेक्योर सेक्युरिटी टुल्स

अहो यति जब्बर भाईरस त मैले आज सम्म भेटेको थिएन । आफ्नो हिसावले आफ्नो कम्प्युटर चलाउनै नपाउने । " तिम्रो कम्प्युटरमा यति वटा भाईरस छ मेरो एन्टीभाईरस प्रोग्राम किन म डिलिट गरि दिन्छु  "    भन्ने | हैन अहिले नचलाउने भन्दा नि नहुने । तिम्रो कम्प्युटरमा यति धेरै भाईरस छ तिमी यतिकै राख्छौ त भनेर थर्काउने । म त बढो अचम्ममा परे यस्तो नि हुन्छ भनेर । खासमा मलाई यसको सेक्युरिटी थ्रेट लेभल त थाहा भएन र झर्को लाग्ने गरी वार्निङ्ग म्यासेज आईरहने र प्रोग्राम क्लोज नहुने कारणले बढो अप्ठ्यारो भयो । त्यस पछी यो कुरा चाँही के रहेछ भनेर गुगल दाई लाई सोधे । यो खालको समस्या धेरैलाई परेको रहेछ सवैले आ आफ्नो तरिका ले यसलाई सल्भ गरेछन तर मेरो सन्दर्भमा कुनै एउटाले भने जस्तो गरेर मात्र समस्या सामाधान भएन । धेरै थोक गरे पछी मात्र यस वाट मुक्ती पाईयो ।

सबभन्दा पहिले यो प्रोग्रामको प्रोसेस रन भएकोले प्रोग्राम बन्द गर्न सकिएन त्यसैले त्यो प्रोग्राम रन हुने प्रोसेस बन्द गर्न पर्यो तर टास्क मेनेजर खुले त मर्नु । टास्क मेनेजर खुल्दै आफै बन्द हुदै गर्ने । यस्तो हुदाँ पनि टास्क मेनेजर खोलेको खोल्यौ गरे । बल्ल  बन्द हुने काम अलि स्लो भयो अनि मैले त्यसको प्रोसेस बन्द गरे । प्रोसेस (4946550101.exe) को नाम १० डिजीटको न्युमेरिक थियो । प्रोसेस बन्द हुने बित्तिकै प्रोग्राम एक्जुक्युट हुन छाड्यो । तर यो क्षणिक थियो कम्प्युटर फेरी खोल्दा यो एक्जुक्युट हुन्थ्यो । यसको पर्मानेन्ट सोलुसनको लागी देहाय अनुसार गरे । मेरो सन्दर्भमा यसले काम गर्यो ।

  • start > search "security";
  • right click "security tool"
  • click open file location 
  • right click on the "Security Tool" shortcut in that folder; then click properties 
  • inside the target box copy everything but the "#####.exe" 
  • open up my documents, paste that into the address bar, then press enter
र यदी छ भने ".BAT" file डिलिट गर्नुहोस । छैन भने ठिकै छ । .EXE चाँही डिलिट गर्नुहोस । अब लगअफ गरेर फेरी लग ईन हुनु होस । अनि रिसाईकल बिनमा भएको सवै फाईल मेटाउनुहोस । मेरो अनुभव अनुसार यो समस्या सामाधान भयो ।

खासमा यो समस्या समाधान गर्नको लागी
4946550101.exe वा यस्तै नाम गरेको processes बन्द गर्नु पर्छ ।

रजिष्ट्री वाट सेक्युरिटी टुल्सको भ्यालु डिलिट गर्नु पर्छ ।
HKEY_CURRENT_USER\Software\Security Tool
HKEY_LOCAL_MACHINE\SOFTWARE\Microsoft\Windows\CurrentVersion\Run "4946550101"

निम्न नाम गरेको फाईल डिलिट गर्नु पर्छ ।
4946550101.bat 4946550101.cfg 4946550101.exe Security Tool.lnk Security Tool.lnk

तल दिएको डाईरेक्ट्री डिलिट गर्नु पर्छ ।
%UserProfile%\Application Data\4946550101

माथी दिए अनुसार गर्दा नि यो समस्या सामाधान नभए तलको भिडीयो हेरेर दिए अनुसार गर्नु होस ।

1 comment:

  1. जानकारी राम्रो हो। धेरै धेरै धन्यवाद। तर तपाईको साइटमा पुरा पढ्नुस थिच्दा babylon को पप अप आउदो रहेछ। तपाई आफै राख्नु भएको हो वा के हो थाह भएन। हेर्नुस है।

    ReplyDelete

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।