Sunday, March 28, 2010

माईक्रोसफ्ट ( एप्लीकेशन) ईन्टरयाक्टीभ गाईड

माईक्रोसफ्ट अफिस २०१० को बेटा भर्सन डाउनलोड गरेर ट्राई मार्न मिल्ने गरी उपलब्ध भै सक्यो  तर अफिस ९७, २००० हुदै २००३ चलाउने युजरहरुलाई अफिस २००७ मा कुन मेनु र टुल्स कहाँ छ भनेर अत्तो पत्तो नपाउदाँ बढो हैरानी भएको हुनु पर्छ । यदि तपाँईलाई पनि यस्तो समस्या परेको भए "यस्तो समस्या पर्ने एक्लै छु" भनेर नसोच्नु होला किन भने यो समस्या धेरै प्रयोगकर्ताको लागी टाउको दुखाईको बिषय भएर स्वय माईक्रोसफ्टको लागी पनि यो बढो टाउको दुखाईको बिषय रहेको थियो .। (अफिस २००७ लञ्च गर्दा ताका  ) त्यसैले त माईक्रो सफ्टले ( बहिरो ले पनि बुझ्ने गरी ) ईन्टरएक्टिभ गाईड उपलब्ध गराएको छ त ।

पुरानो अफिस एप्लिकेशनको देहायको प्रोग्राममा कुन मेनु अहिले नयाँ अफिस २००७ मा कहाँ छ भनेर थाहा पाउन तल दिएको लिङ्कमा क्लिक गरेर फाईल डाउन लोड गर्नु होस वा माईक्रोसफ्टको डाउनलोड सेन्टरमा जानु होला ।

माईक्रोसफ्ट वर्ड
माक्रोसफ्ट एक्सेल
माईक्रोसफ्ट एक्सेस
माईक्रोसफ्ट पावरप्वाईन्ट

अन्य सहयोगी लिङ्क
http://office.microsoft.com/en-gb/word/HA100744321033.aspx

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।