Saturday, April 17, 2010

नेपाल टेलिकमको ADSL ईन्टरनेट

(कान्तिपुरमा प्रकाशित योगेश खतिवडा को एडिएसएल महसुल स्वीकृति समाचार प्रति एक टिप्पणी)
नेपाल टेलिकमले सञ्चालन गरेको एडिएसएल इन्टरनेट जति चलायो त्यत्ति पैसा तिर्ने (लिमिटेड) सुविधा अब सबैले पाउने भएका छन् । टेलिकमले दूरसञ्चार प्राधिकरणसमक्ष प्रस्ताव गरेको लिमिटेड एडिएसएल सेवाको शुल्क प्राधिकरणले शुक्रबार स्वीकृत दिएको हो । शुल्कलाई दुई वटा सर्तसहित स्वीकृति दिइएको हो ।

न्यूनतम शुल्क ६ सय ६० रुपैयाँ तोकिएको छ । यो पैसाबाट ५ सय १२ केभिपिएसको गतिमा २ गिगावाइट डाटा डाउनलोड गर्न सकिन्छ । लिमिटेड एडिएसएल चलाउनेले डाउनलोड गरेको आधारमा पैसा बुझाउनुपर्छ । केही महिनाअघि नै लिमिटेड एडिएसएल ल्याउने घोषणा गरेको टेलिकमलाई शुल्क प्रस्ट पार्न गत महिना प्राधिकरणले भनेको थियो ।

'शुक्रबार टेलिकमले प्रस्ताव गरेको एडिएसएल सेवाको महसुल ससर्त पारित गरिएको छ,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने । उनले अहिले प्रदान गरिरहेको अनलिमिटेड सेवा भने बन्द गर्न नपाइने सर्त राखेको बताए । 'टेलिकमले लिमिटेड सेवा सञ्चालन भएपछि पनि अनलिमिटेड सेवालाई निरन्तर सञ्चालन गर्नुपर्छ,' उनले भने, 'ब्यालेन्सको पूर्वजानकारी गराउनुपर्छ ।'
टिप्पणी  :  नेपाल टेलिकमले ग्राहकलाई सुविभा दिन भन्दा पिन पैसा बढी कमाउन यो स्किम ल्याएको हो । हाल बिध्यमान अनलिमिटेड सेवा चालु राखेर पनि त्यस प्रति ग्राहकको बितृष्णा जागोस भनेर सेवा गुणस्तरियतामा पनि कमी ल्याईन सकिन्छ । त्यसैले यो अनलिमिटेड सेवा को गुणस्तरियता प्रति निश्चित गराईनु पर्छ ।

टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले प्राधिकरणले भनेको दुवै सर्त मानेर वैशाखभित्रै  यो सेवा सुरु गर्ने बताए । 'केही प्राविधिक तयारीपछि हामी यसै महिना सुरु गर्छौं,' उनले भने । यसबाट तीव्र गतिमा कम डाटा डाउनलोड गर्न चाहनेले फाइदा लिन सक्ने उनको तर्क छ ।
टिप्पणी  : टेलिकमले प्रति सेकेण्डमा मेगावाईटमा डाटा डाउनलोड को लोभ देखाएर ग्राहकबाट बढी पैसा उठाउन खोजेको देखिन्छ । भिडीयो स्ट्रमिङ्ग गर्न मिल्ने गरीको डाउनलोड अपलोड स्पिड दिनै लागेको हो भने नेटमा झुम्मीरहने ग्राहकहरु अब ईन्टरनेटमै भिडीयो हेरेर अल्मल्ली रहने सम्भावना प्रवल छ । यसले ग्राहकको ईन्टेरनेट कल्चलर लाई अन प्रोडक्टीभ त बनाउने नै छ यसको साथ साथै ईन्टरनेट बाट ज्ञान ज्ञुनका कुरा सिक्ने / पढ्ने प्रयोगकर्ताको बानिलाई निरुत्साहित पार्ने छ । टेलिकमको ब्यबशायिक स्थिरताको लागी यस किसिमको प्रोफेशनल प्लान जरुरी नै भएको ठानिएको भए पनि नेट बाट सिक्न चाहनेहरुलाई (एजुकेशनल परपोजको लागी) लक्ष्यित गरी कुनै प्याकेज ल्याईनु राम्रो हुन्थ्यो । उदारणको लागी अडियो र भिडीयो फाईल डाउनलोड गर्नै नमिल्ने गरीको सस्तो प्याकेज । यसको बाट एक किसिमका प्रयोग कर्ता बिना सँकोच र डर (बढी पैसा उठ्ने) ढुक्कले ईन्टरनेट बाट अनलाईन ट्युटोरियलका सामग्री डाउनलोड गर्न सक्थे । भिडीयो फाईल डाउनलोड नै नहुने भए पछी त्यस किसिमको गतिबिधी वाट टाढै रहन्थे ।
लिमिटेडअन्तर्गत ५ सय १२ केबिपिएसको एडिएसएलबाट १० गिगावाइट डाटा डाउनलोड भए मासिक १ हजार ९ सय ७० रुपैयाँ शुल्क तिर्न टेलिकमले प्रस्ताव गरेको हो । १ एमबीको गतिमा २ गिगावाइट डाउनलोड गर्दा ७ सय ७० रुपैयाँ लाग्ने र १० गिगावाइट डाउनलोड भए २ हजार २ सय २८ रुपैयाँ लाग्नेछ । २ एमबी गतिको बाट २ गिगावाइटसम्म डाउनलोड भए ९ सय ४० रुपैयाँ र १० जिबी डाउनलोड भए २ हजार ७ सय ८० रुपैयाँ लाग्नेछ । थिकेका अनुसार यो सेवा पि्रपेड भएकाले लिएको सेवाको पैसा सकिएपछि पुनः रिचार्ज गर्नुपर्नेछ ।
टिप्पणी  :  अहिले म मेरो अफिसमा 256 KBPS र घरमा 128 KBPS को ईन्टरनेट चलाउछु । र जो सुकै सर्वसाधरणले बुझ्ने भाषामा भन्दा मेरो घरको ईन्टरनेट स्पिड भन्दा अफिसको ईन्टरनेट दोब्बर हुनु पर्ने हो तर डेढी पनि छैन । ग्राहको लाई NTC ले दिने ईन्टरनेटको स्पिड नाप्ने मापदण्ड प्रष्ट पारिनु पर्छ ।
अहिले अनलिमिटेडमा १ सय २८ केबिपिएस गति भएको एडिएसलको मासिक शुल्क ९ सय रुपैयाँ
लाग्छ । अनलिमिटेडअन्तर्गत टेलिकमले घरायसी प्रयोजनका लागि हाल २ सय ५६ केबिपिएस क्षमताको एडिएसएल मासिक १४ सय रुपैयाँमा दिइरहेको छ ।

टेलिकमले दुई वर्षअघि यो सेवा सुरु गरेको थियो । हाल २० भन्दा बढी जिल्लामा यो सेवा पुगेको कम्पनीले जनाएको छ । यस वर्ष सबै जिल्लामा एडिएसएल सेवा पुर्‍याउने लक्ष्य उसको छ ।
टिप्पणी  :  टेलिकमको किताबमा २० जिल्ला होला तर ब्यबहारमा त्यस्तो छैन किन भने धरान सँगै धनकुटामा पनि ADSL बितरण गर्ने भनेर कान्तिपुरमा सुचना प्रकाशित भएको हो तर मैलै धरानमा ADSL चलाएको झण्डौ ६ महिना पुग्न लागी सक्यो धनकुटामा २०६७ को जेठ देखी सेवा (चालु हुन सक्छ) रे ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।