Friday, April 2, 2010

कतै तपाँईको कम्प्युटर तपाँईलाई थाहा नदिई कसैले चलायो कि ?

तपाँई काम बिषेशले अफिसवाट वाहिर निस्कनु परे आउदाँ जाँदा कम्प्युटरमा कोही थिएन भनेकै भरमा तपाईको कम्प्युटर कसैले चलाएन भन्न सकिन्न । तपाईको अनुपस्थितीमा बढो सावधानी पुर्वक कम्प्युटरवाट गोप्य र महत्वपुर्ण सुचाना चोरी भएको हुन सक्छ । यदि त्यस्तो भएको बखत समयमा नै तपाईले पत्तो पाउनु भयो भने त ठिकै छ तर तपाईको ब्यबहार बिग्रीई सके पछी थाहा पाउनु भयो भने तपाईलाई अप्ठ्यारो पर्न सक्छ । यस्तोमा तपाईको कम्प्युटर कसैले चलायो कि चलाएन भनेर चेक गर्ने उपया तल दिएको छ ।

रिसेन्ट आईटम्स चेक गर्ने ।

 तपाँईले प्रयोग गरी रहनु भएको अपरेटिङ्ग सिस्टमको भर्सन अनुसार भर्खरै चलाएको  फाईलहरुको लिष्ट Recent Items वा यस्तै नामको मेनुमा हेर्न सकिन्छ । हुन त यसलाई आवश्यकता अनुसार भर्खर चलाएको फाईलको लिष्ट नदेखिने गरि मेटाउन सकिन्छ तर रिसेन्ट आईटम पुरै मेटाएको छ भने पक्का हुनुस तपाईको कम्प्युटरमा तपाईले थाहा नपावस भन्ने गरि कसै न कसैले केही न केही बदमासी गरेको हुनु पर्छ ।

भर्खरै मोडीफाई भएका फाईलहरु चेक गर्ने ।

तपाईको कम्प्युटरमा हुन सक्ने अवान्छित गतिविधी ट्रेस गर्ने अर्को उपायाँ रिसेन्टली ओपन्ड फाईलहरु चेक गर्नु पनि हो । यसो गर्नलाई एडभान्स्ड सर्च अप्सनमा जानु पर्छ । रिसेन्टलि मोडीफाईड फाईलहरु सर्च गर्दे हनु हुन्छ भेने सर्च गर्ने ड्राईभ फोल्डरको अप्सनमा "अल सेलेक्ट" गर्नु उत्तम हुन्छ ।

भर्खरै ओपन भएका प्रोग्रामहरु चेक गर्ने

स्टार्ट मेनु बाट भर्खरै ओपन भएका प्रोग्रामका लिष्ट नाम चेक गर्नु तपाईको अनुपस्थितीमा भएको अवान्छित गतिविधी थाहा पाउने उत्तम उपाया हो तर पनि प्रोग्राम लिष्टवाट भर्खरै खोलिएका प्रोग्रामको नाम मेटाउन सकिन्छ यस्तो अवस्थामा ईभेन्ट भ्युवर वाट तपाँईको कम्प्युटरमा भएका रिसेन्ट एक्टीभिटी चेक गर्नु उत्तम हुन्छ । यसको लागी Start > Run मा गएर eventvwr.msc लेखी Enter Key थिच्नु होला ।

अन्तमा......

ईन्टरनेटको ब्राउजर हिष्ट्री चेक गर्नु पनि आफ्नो अनुपस्थितीमा आफ्नो कम्प्युटरमा भएङ्को गतिविधी चेक गर्ने अर्को उपाया हो । तर यो त्यती भरपर्दो हुन्न । तपाईको कम्प्युटरमा हुने गतिविधी चेक गर्न विभिन्न ट्रयाकिङ्ग सफ्टवेयर पिन प्रयोग गर्न सकिन्छ । तर यस्ता सफ्टवेयर शशुल्क हुने हुनाले हामी नेपालीहरु चाहेर पनि सजिलै खरिद गर्न सक्दैनौ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।