Friday, May 7, 2010

प्रधानमन्त्रीको पर्सनल वेबसाईटमा ट्रोजन आक्रमण

अपडेट : माओवादीले आन्दोलन फिर्ता लिएर प्रधानमन्त्री माधव नेपाल लाई चिन्ता कम गरी दिए पछी मलाई पनि उनको साईटमा अवान्छित गतिविधी हुन थालेको जानकारी उनका पिए पत्रकारलाई दिन मन लाग्यो अनि ठेली दिए ई मेल । अव प्रधानमन्त्रीको साईट ठिक ठाक छ ।
ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ भने झै राजीनामा को बिषयलाई लिएर माओवादीहरुले बिगत ६ दिन देखी देशै ठप्प पारि आच्छु आच्छु पारिरहेको परिप्रेक्ष्यमा प्रधानमन्त्री माधव नेपालको वेब साईटमा पनि ट्रोजन एट्याक गरिएछ । सम्भवत: PHP ईन्जेक्ट (PHP Injection ) गरेर हुन सक्छ बडी ट्याग () क्लोज गरीनु अगाडी अर्को साईटमा सम्पर्क स्थापित गर्न एक लाईनको स्क्रिप्ट कल गरिएको छ । र त्यसै साईटमा स्थापित गर्ने क्रममा प्रयोगकर्ताको कम्प्युटरमा ट्रोजन डाउनलोड हुन खोज्छ ।

InDesignStudioInfo भन्ने साईटको बारेमा बुझी हेर्दा यो साईट हिजो मात्र रजिष्टर गरीएको रहेछ । सम्भवत प्रधानमन्त्री माधव नेपाको साईटमा स्क्रीप्ट ईन्जेक्सन गरी त्यस मार्फत ट्रोजन फैलाउने उध्येश्यले भाईरस (भाईरस भन्नाले सवैले बुझुन भनेर ट्रोजनलाई भन्न खोजिएको हो ।) रहेको साईटमा सम्पर्क स्थापित गरीएको हुन सक्छ ।

यस साईटको बारेमा भन्नु पर्दा पिए पत्रकारीता गरिरहेको भनिने पत्रकारले सञ्चालन गरेको यस साईट अन्य सरकारी वेव साईट भन्दा चुस्त, आर्कषक र नियमित अपडेट हुने गरेको छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।