Wednesday, May 19, 2010

धरानका आइटि पुस्ता

धरान टेलिकममा केही खराबी आए तत्काल समाधानका लागि कर्मचारीहरु उनलाई 'मेन्टिनेन्स' गर्न बोलाइहाल्छन् । उनी हुन् धरान १६ प्रदीप दहाल ३३ । जसले नेपाल टेलिकमको कम्प्युटर र नेटवर्किङ हेर्ने गर्छन् । योलगायत उनी यहाँका विभिन्न फाइनान्स स्कुलमा पनि कम्प्युटर र नेटवर्क मेन्टिनेन्सको काम गर्छन् । छ वर्ष अघिदेखि टेक्निसियन काम थालेका उनी ल्यापटप र पीसी कम्प्युटरसमेत मर्मत गर्छन् ।

नेपाल सरकारले एक वर्षअघि विभिन्न जिल्लाका हुलाकका लागि वायरलेस प्रविधिमा इन्टरनेट सुविधा प्रदान गर्ने काममा उनी प्राविधिक भएर खटेका थिए । जसले गर्दा अहिले धरानको हुलाक सर्भर रहेर धनकुटा पाखि्रवास हिले बसन्तपुर पाथिभरा डाँडाबजार र भेडेटारका हुलाकहरुमा इन्टरनेटको जालो पुगिसकेको छ । भविष्यको योजना दुर्गम गाउँमा लो-पावरले चल्ने कम्प्युटर र इन्टरनेट विस्तार गर्ने चाहना रहेको उनले बताए । उनी भन्छन् नेपालीले सूचना र प्रविधिबाट बन्चित हुन नपरोस्' ।
धरान-१० विशालपथका विजय राई, ३५ सफ्टवेयर बनाउन खप्पिस छन् । सुरुमा सफ्टवेयर बनाउन सिक्दा उनलाई पढाउने शिक्षक पनि डराउने गर्दथे । नजिकबाट चिन्ने साथीहरुका अनुसार उनको दिमाग नै त्यस्तै थियो । आफ्नौ उनी सम्भवतः धरानकै तीक्ष्ण दिमाग भएको सफ्टवेयर निर्माणकर्तामा दरिएका छन् । अहिले बिहानको फुस्रदको समयमा कोठामा सफ्टवेयर बनाउन ल्यापटप अगाडि राखेर व्यस्त हुन्छन् । हेर्दा निकै कम बोल्ने देखिने उनी अहिले शेयर कारोबारलाई आवश्यक पर्ने क्लाइन्ट को सानो सफ्टवेयर बनाइरहेका छन् ।

वेभ डिजाइनिङ र सफ्टवेयर निर्माण गर्ने उनी सहायक पेशाको रुपमा इटहरीस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत् छन् । उनले सफ्टवेयर र डिजाइनिङको मात्र काम गरिरहेका छैनन् । नेपालका वेभ डिजाइनिङ गर्ने र सफ्टवेयर बनाउन सक्ने युवाहरुको समूह इन्टरनेट साजाल पनि निर्माण गरेका छन् । जहाँ ९० जना पुरुष र तीन गरी ९३ जना आवद्ध रहेको उनले बताए । आफुजस्तै सबै आईटी पुस्तालाई समेट्न उनले www.webguru.com.np बनाएका छन् ।

निकै राम्रो साइट भएकाले www.samakalinsahitya.com ले अमेरिकामा पुरस्कार पाएको थियो । जसको अपलोड उतैतिर हुने गरेको छ । यसका निर्माणकर्ता भने २८ वर्षीय धराने ठिटो अनिष भट्टराई हुन् । धरान १६ जुनेलीपथका उनी वेभ डिजाइनिङ गर्नमै व्यस्त छन् । उनले हङकङ र बेल्जियमका लगि पनि वेभसाइटहरु बनाएका छन् । अहिले ती साइटहरु उतैबाट अपडेट हुने गरेका छन् । ब्लाष्ट टाईम्सको साइट पनि उनैले बनाएका हुन् । यसलगायत उनले धरानको तीन दर्जनभन्दा बढी संघसंस्थाको वेभसाइट निर्माण गरिसकेका छन् । नेपाल सरकारले ई-गर्भरनेन्स तत्काल लागू गर्नु पर्ने उनको विचार छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रशाशनिक सहायक भएर काम गरिरहेका उनी भन्छन् सरकारले ई-गर्भरनेन्स लागू गरे सबै सूचना पारदर्शी र ईजी एक्सेस गर्न सजिलो हुने थियो ।

सुमन राई भने काठमाडौंमा रहेर वेभ डिजाईनिङ गरिरहेका छन् । काठमाडौंमा एउटा अन्तर्राष्ट्रिय प्रोजेक्टमा आईटी डिपार्टमेन्टमा कार्यरत् उनले अहिले www.dharandarpan.com वेभसाइट साचालनमा ल्याएका छन् । यी धराने युवाबाहेक पुराना पुस्ताका सुधीर लिम्बू, शशिमदन राई, अशोक शाक्य, विरान लिम्बूलाई पनि कम आँक्न मिल्दैन । पुतलीलाइनमा धरान अनलाइन (DOL) खोलेर बसेका सुधीर लिम्बू वेभ डिजाइनिङ र सफ्टवेयर निर्माणमा धरानका गुरु मानिन्छन् । अहिले पनि उनलाई धरानका भर्खरै सिक्दै गरेकाहरु सोध्न जाने गरेका छन् । अन्य दुईजना भने नेपाल बाहिर छन् । धरानमा अहिले सूचना र प्रविधिमा लागेका युवा हातमा गन्न सकिने मात्रै छन् । जसले सबै क्षेत्रमा अघि रहेको धरानलाई सूचना र प्रविधिको क्षेत्रमा पनि अघि बढाउन महत्वपूर्ण भूमिका निभाइरहेका छन् । आफूहरुले निर्माण गरेका साइट रिन्यु नगरेकोमा भने उनीहरु सन्तुष्टी नमिलेको बताउँछन् । सायद महत्व नबुझेकाले पनि यस्तो भएको उनीहरुको विचार छ ।

कुनै संघसंस्थाको परिचय कम्पनीको ब्राण्ड प्रमोट गर्न र सबै ठाउँमा एकैपल्ट सूचना पुर् याउने काम गरे पनि उपभोक्ताहरुले वेभसाइटको आवश्यकता अझै बुझेका छैनन् । प्रयोगकर्ताहरु नियमित पनि छैनन् । भेटमा अनिष भट्टराई दुखेसो पोख्दै भन्छन् हामीले त्यति मेहनत गरेर बनाइदिएका हुन्छौं तर उहाँहरुले अपडेट गरिरहनु भएको देखिदैन । उनले भने मैले बनाएका धेरै साइट समय पुगेपछि ब्लक भएका छन् र रिन्यु पनि गरिएका छैनन् ।

सूचनाको यो संसारमा धरानका यी युवाहरु जमिरहेका छन् । वेभासाइट बनाउँदा उनीहरुको कमाइ पनि बढेको छ । वेभसाइट बनाउनुलाई साइड जबु को रुपमा मान्ने उनीहरुले महिनाको पाँच हजारदेखि १० हजारसम्म कमाउने गरेका छन् । एक्काइसौं शताब्दी सूचना प्रविधिको शताब्दी मान्दा खासै अन्याय भएको मानीदैन होला । भविष्यमा यही क्षेत्रबाट देश विकास गर्ने उनीहरुको योजना छ । भट्टराई भन्छन् सूचना प्रविधिको आजको युगमा नेपालमा पनि प्रत्येक व्यक्ति परिवारको पनि आÏनै साइट होस ।

स्रोत: ब्लाष्ट टाईम्स राष्ट्रीय दैनिक आलोपालो अनलाईन 

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।