Friday, June 11, 2010

धिक्कार छ मेरो देशको प्रशासनलाई !

उसो त म बन्द र हडतालको बिरोधी हुँ तर आज यो समाचार पढे पछी वेबवाला (वेब डिजाईनर / वेब होष्ट आदी ) को पनि सघठन भै दिए हुन्थ्यो भन्ने लागी रहेको छ । युनिटीको आइटी इन्चार्ज ( भनेर ) सुदिप घिमिरे लाई प्रहरी ले प्रकाउ गरेछ । प्रकाउ पर्नेमा युनिटीका आइटी निर्देशक नेत्र राजवंशी, अर्थ-निर्देशक भीम गुरुङ, महाप्रबन्धक शिशिर योगी, आइटी इन्चार्ज सुदीप घिमिरे, लेखापाल भीमबहादुर खत्री, मध्यमाञ्चल ग्रामीण विकास बैंकका प्रबन्ध-निर्देशक रामदेव यादव र डिपार्टमेन्ट स्टोर निर्देशक इन्द्रबहादुर विक रहेछन ।

नाम सँगै सम्बन्धितको पद पनि पढ्नु भो नि । सबका सब कर्मचारी हुन रे । (हाम्रो देशमा तलब नराम्रै भए पनि पद चाँही आर्कषक दिईन्छ प्राईभेट कम्पनीमा ) ।। सिधा साधा नेपालीलाई ठग्ने योजना बनाउने मालिकहरु फरार रे अनि जनताको आँखामा छारो हाल्न कर्मचारि पक्रिएछन । फरार नहुदाँ तिनै मालिकलाई हाम्रा मालिक (राष्ट्रपती प्रधानमन्त्री, प्रमुख प्रतिपक्षि दलको नेता "अहिले लाई प्रचण्ड क्या") ले तिमीहरुले जनताको लागी राम्रो गर्यो (हाम्ले भन्दा नरम्रो सँग ठग्यो भनेर रहेछ ) भनेर दोसल्ला ओढाएका नै हुन । अहिले ठगीको आरोपलागे पछी कर्मचारी पक्रिएछन ।।


मैले नबुझेको कुरा यदी म नेटवर्क एडमिनिष्ट्रेटरको दक्षता राख्छु भने मैले पाउने जागिर "नेटवर्क एडमिन" नै हो । त्यसो हुदाँ त्यो डिपार्टमेन्टमा म नै हेड हुन सक्छु तर तलब त मैले पनि अरुले पाए जसरी नै पाउने हो । कम्पनीको काम नाजायज छ भने सजाय त मालिकलाई पो हुनु पर्छ त । ( कि सरकारले सवै बेरोजगारलाई भन्न पर्यो तिम्ले काम गर्ने कार्यलयको क्लिन चिट सर्वोच्च बाट लिएर मात्र त्यसमा जागरी खाउ !! )  वर्षौ बेरोजगार बसेर बल्लतल्ल जागिर पाउने म माथी किन कारवाही ?  अहिले पो ठगी भनेर कुरा उठ्यो । पहिले त सवैले युनिटीको जय जयकार गरका नै हुन  । ए बाबा ! म त कर्मचारी न हुँ । जागीर खा'  को न हो । कि मलाई म पनि त्यो कम्पनिको हिस्सेदार हुँ भनेर प्रमाणीत गराउनु पर्यो नत्र म फगत जागीर खाने कर्मचारी न हुँ ।
मैले सुदिप लाई चिने सम्म उनि काठमाण्डौ का स्थायी बासिन्दा हुन । गोगबु तिर उनको घर छ । र उनि राम्रो परिवारका मान्छे हुन । भन्नाले ठगेर खान नपर्ने खालका मान्छे हुन ।  युनिटी बन्द भए लगत्तै मैले उनि सँग कुरा गरेको थिए । अफिस बन्द भै हाल्यो अब वेब होष्टीङ्गको काम धुम धडाक सँग गर्नु छ भन्थे । हुनलाई पनि जागीर खानु अगाडी उनि काठमाण्डौमा सब भन्दा सस्तोमा वेब स्पेश बेच्थे । सुदिपले युनिटीमा सम्भवत स्थापना काल देखि नै काम गरेका हुन तर एक वेव प्रोग्रामरको रुपमा । मैले PHP, MySQL को क ख उनि सँगै सिकेको हो । उनि सँग बिच बिचमा कुरा भै रहन्थ्यो र मैले जाने सम्म उनि युनिटीको तलब खाने शुद्द कर्मचारी हुन ।
अहिले लाई मलाई भन्न मनल लागेको छ "मान्छे थेत्तरो भए पछि केही लाग्दो रहेनछ । कारवार्ही गर्ने निकाय युनिटीका मालिक भगाएर कर्मचारी पक्रदैछ । धिक्कार छ मेरो देशको प्रशासनलाई !!!"

यो पनि पढ्नुहोस ।
आयोजक खोज्दाखोज्दै मन्त्री हैरान 

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।