Wednesday, June 11, 2014

SLC को Result वेबसाईटमा

२०७० सालको SLC परिक्षाको नतिजा प्रकाशन भएको छ । यस वर्षको रेगुलर तर्फको नतिजा डाउनलोड गर्न यहाँ र एक्जाम्टेड तर्फको नतिजा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । प्राप्त नतिजा अनुसार यसपाली ३ लाख ९४ हजार ९ सय ३३ जनामध्ये १ लाख ७३ हजार ४ सय ३६ जना पास भएका छन् । तीमध्ये विशिष्ट श्रेणीमा १८ हजार १ सय १०, प्रथम डिभिजनमा ८३ हजार ६ सय ३७ र दोस्रो श्रेणीमा ६७ हजार ९ सय ४२ र तृतीय श्रेणीमा ३१ हजार ७ सय ४७ जना उत्तीर्ण भए । एक्जाम्टेडमा १० दशमलव ९२ प्रतिशत पास भएका छन् । तल दिएका अन्य वेबसाईटमा पनि SLC परिक्षाको नतिजा हेर्न सकिन्छ ।


वेव ठेगानावेबसाईट सञ्चालन गर्ने संस्था
www.moe.gov.npशिक्षा मन्त्रालय, नेपाल
www.doe.gov.npशिक्षा बिभाग
www.soce.gov.npपरिक्षा नियन्त्रण कार्यलय, सानोठिमी
www.educationsansar.comएडुकेशन संसार
slc.ntc.net.npनेपाल टेलिकम
www.edukhabar.comएडुखबर
www.edusanjal.comएडुसञ्जाल
www.cuidadotechnology.comस्यायुडाडो टेक्नोलोजी

अत्याधिक वेब ट्राफिकको कारणले उल्लेखीत साईटहरु चाहेको बेला नखुल्न सक्छ । अन्य तरिकाले पनि रिजल्ट थाहा पाउन सकिन्छ । जस्तो कि एसएमएस बाट नतिजा थाहा पाउनको लागी तल दिएको SMS सर्टकोडमा एसएमएस पठाउनु पर्छ । ईजी सर्भिस प्रा ली को SMS सर्टकोड ५२२५ मा एसएमएस पठाएर नतिजा थाहा पाउनको लागी SLC  0123456A लेखी ५२२५ मा एसएमएस एठाउनु पर्छ ।  विस्तृत जानकारीको लागी सम्बन्धित कम्पनीको वेबसाईट हेर्नुहोला ।

वेबसाईटसेवा प्रदान गर्ने संस्थाSMS सर्टकोड
f1soft.comएफवान सफ्ट5566
janakitech.comजानकी टेक्नोलोजी5001
thehimalayantimes.comआप्कानेपाल प्राली7722
easy.com.npईजी सर्भिस प्रा ली 4949
टेलीटक प्राली5225
ntc.net.npनेपाली टेलीकम1600
miracleinfo.com.npमिराकल ईन्फोटेन्मेन्ट प्रा ली2333
digitainment.com.np डिजीटेनमेन्ट प्रा ली5004

IVR System मार्फत नेपाल टेलिकमको PSTN तथा CDMA फोन बाट एसएलसी नतिजा थाहा पाउन १६०० डायल गरी त्यहाँ दिए अनुसार गर्नु पर्दछ ।