Tuesday, August 10, 2010

घोडा, घाँस र विन्डोज

मेरो ल्यापटप कम्प्युटर (Lenovo Y410)
नचाहदाँ नचाहदौ विन्डोज सँगको मेरो सम्बन्ध टुटेको छ । नयाँ चलाउने लोभले एक्स पी हाल्न मन लागेन । भिष्टा अलि स्लो लाग्यो । विन्डोज सेभेनमा मेरो वायरलेस काम गरेन ( काम गरेन भन्नाले किन काम गर्यो भनेर मैले बुझीन :-D ) . खासमा हुन्थ्यो के भने पहिलो चोटी मेरो कम्प्युटर खोल्दा वायरलेस ले काम गर्दैन थियो । कुनै सेटिङ्ग परिवर्तन नगरी रिस्टार्ट गर्ने बित्तीकै वायरलेसले काम गर्थ्यो । ( किन यस्तो हुन्थ्यो मैले थाहा पाउन सकिन) ।वायरलेस ड्राईभर पनि राम्रै सँग ईन्टल भएको  थियो । (नभएको भए त दोस्रो पटक चल्दैन थियो नि )।  अनि धेरै पटक रिस्ट्राट गर्ने झन्झटले स्लो नै भए पनि भिष्टा हाल्ने निर्णय गरे । भिष्टा ईन्सटल त भयो तर वेब सर्भर आफै स्टप हुन्थ्यो ।  दुई तिन चोटी मैले  अपरेटिङ्ग सिस्टम फ्रेस ईन्सटल गरे तर वेब सर्भर वाला समस्या सामाधान भएन । घोडा ले घाँस सँग सम्झौता गर्न सक्दैन भने जस्तै एउटा मा वायरलेस नचल्ने र अर्कोमा वेब सर्भर नचल्ने  मैले विन्डोज अपरेटिङ्ग सिस्टम नै नचलाउने निर्णय गरे ।
अली अगाडी मैले युबुन्तु अपरेटिङ्ग सिस्टम चलाउने बिचार गरेको थिए तर ख्वै के ख्वै के  भने जस्तो त्यसलाई निरन्तरता दिन सकिन  । तर अब बाध्य भएर म सँग लिनक्स अपरेटिङ्ग चलाउनु को उति राम्रो बिकल्प छैन ।
लगभग एक महिना भयो युबुन्तु चलाउन थालेको ।  विन्डोज चलाउने नानी देखी लागेको बानी हटाउन गार्हो भईरहेको छ  । बिना कुनै सम्स्या युबुन्तु ईन्ट्टल भो । कुनै पनि हार्डवेयरको ड्राईभर फाईलको समस्या परेन । सवथोक एकै पटकमा भो । अझ रमाईलो त के भो भनि अपरेटिङ्ग सिस्टम ईन्सटल गर्ने वित्तिकै सवैथोक आफै चल्यो । विस्तारै वानि पर्ला । तर विन्डोज को केही प्रोग्राम मिस भई रहेको छ  । सब भन्दा ठुलो समस्या युनिकोड मा परि रहेको छ  ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।