Monday, September 13, 2010

कन्भर्स जुत्तामा हिन्दु देब देबी

कन्भर्सले आफ्नो कम्पनीको लोकप्रिय उत्पादनमा महान रक गायक तथा गिटारिष्ट जिमी हेन्ड्रीक्स लाई भगवान विष्णुको स्वरुपमा  चित्राङ्कित गरेको छ । उक्त कम्पनीले Chuck Taylor All Star भन्ने नाम दिएको कलेक्सनमा  All Star Jimi Hendrix श्रृखलामा उत्पादित जुत्ताहरुमा चलन चल्तीको भगवान बिष्णुको चित्र सँग मिल्ने गरी हेन्ड्रीक्स लाई धेरैवटा टाउको र हात भएको भगवान रुपमा देखाईएको छ । त्यसै गरी उक्त उत्पादनको  अर्को पटी लक्ष्मी, दुर्गा लगायतका देवीहरुको चित्र रहेको छ । ६० अमेरिकी डलर पर्ने उक्त जुत्ता नेपाल तथा भारत को बजारमा आईपुगेको थाहा नभएको ले भगवानलाई शिरमा राख्ने हिन्दु धर्मालम्बीहरुले जुत्तामा स्विकार्छन स्विकार्दैनन अनुमान गर्न गार्हो छ । कन्भर्स कम्पनीको आधिकारी वेव साईटमा यस सम्बन्धी विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस ।