Saturday, December 18, 2010

नेपालका कार्यलयहरुमा फेसबुक

केही दिन अगाडी सिहदरबारमा फेसबुक नचलेको समाचार पत्रीकामा आयो । मलाइ थाहा थिएन नेपालमा पनि कुनै कार्यलयमा फेसबुक नचल्दा समाचार बन्छ भनेर । सरकारी कार्यलयमा सुचना प्रविधीको प्रयोग यसरी ब्यक्तीगत स्तरमा पुगी सकेको रहेछ म चाहि कुनै अड्डामा पुगेको बेला हाम्रा अफिस कहिले कम्प्युटराइज होला भन्ने सोची वस्थे । :-D

उसो त बिदेसमा अफिसमा फेसबुक नचलेर समाचार बनेको वर्षै भै सक्यो । तर नेपालमा पनि अफिसमा फेसबुक नचलेर समाचार बनेकोले अचम्म लाग्यो । त्यहा प्राविधिक गडबढीले केही दिन फेसबुस चलेन छ । यहा म कार्यरत कार्यरत वी पी कोइराला स्वास्थ्य बिजान प्रतिष्ठानमा फेसबुक नचलेको महिनौ भइ सक्यो । यहा कार्यलय समयमा फेसबुक चल्दैन । कार्यलय समय पछी चल्न सक्छ । (चल्नै पर्छ भन्ने छैन ।) म आफै कार्यरत सस्था भएकोले फेसबुक मामला मलाइ धेरै लेख्ने विचार छैन । फेसबुक बन्द गर्ने खोल्ने विषयमा नागरिक न्युजमा प्रकासित हरिहर शर्माको समाचारमा उल्लेखित बिचार धेरै मिल्ने भएकोले म त्यसैलाइ साभार गर्न चाहन्छु ।

सिंहदरबारभित्र फेसबुक

हरिहर शर्मा- केही दिनअघि सिंहदरबारभित्र 'फेसबुक' चलेन। त्यसको केही दिनअघि इन्टरनेटमा समस्या आएको थियो। इन्टरनेट बनेपछि फेसबुक नचल्दा अड्कल काटियो, 'फेसबुकलाई सिंहदरबारभित्र प्रतिबन्ध लगाइयो।'


यो खबर सिंहदरबारभित्रका कर्मचारीमाझ सीमित भएन, फेसबुककै माध्यमबाट यत्रतत्र फैलियो। प्रतिबन्ध हल्लालाई धेरैले 'स्टाटस' बनाए, पक्षविपक्षमा बहस चल्यो। फेसबुकमा लागेको हल्ला-प्रतिबन्ध तेस्रो दिन खुलेपछि सिंहदरबारभित्र फेसबुक चल्नुपर्छ भनी वकालत गरेकाहरुले विजयबोध गरे। केन्द्रमा बसेका र कम्प्युटर पहुँच रहेका कर्मचारीमा फेसबुक लोकप्रियताको बोध यस घटनाले गरायो। अप्रत्यक्षतः कर्मचारीलाई आफ्नो टेबुलमा बाँधिराख्न फेसबुकले भूमिका खेलेको रहेछ भन्ने बुझ्न पनि मदत गर्‍यो। पहिले फुर्सत हुँदा कर्मचारीहरु कम्प्युटरमै तास खेलेर बस्थे रे! अचेल व्यस्त कर्मचारीसमेत फेसबुकलाई समय दिन भ्याउँछन्।

--------
--------
--------

'केही दिन फेसबुक बन्द हुँदा इन्टरनेट फास्ट थियो, फेसबुक ओपन गरेदेखि स्लो भयो। फेसबुक त बन्दै गर्नुपर्ने हो।' सिंहदरबारभित्रको फेसबुक बहसकै क्रममा एउटा धारणा आयो। 'प्रविधिविमुख हुने कुरा नगर्नोस्', अर्काले सभ्य प्रतिवाद गरे। बहसै भयो र निष्कर्ष निस्कियो, 'सिंहदरबारमा ३ बजेपछि फेसबुक खोले हुन्छ।' यसबाट काम गर्ने मूल समय हानि हुँदैन, इन्टरनेट स्लो पनि हुँदैन। साथी-सम्पर्क टुटिहाल्ने पनि भएन। आधादर्जन साथीबीच छलफल भई यस्तो निष्कर्ष निस्किएपछि, मैले थप साथीको धारणा बु‰ने अभिप्रायले फेसबुक स्टाटस 'सिंहदरबारभित्र ३ बजेपछि मात्र फेसबुक खोल्दा कसो होला?' मार्फत अभिमत संकलनको प्रयास गरेँ। धेरैले सिंहदरबारभित्र फेसबुक आंशिक बन्द गर्ने प्रस्ताव अस्वीकार गरे, यसरी-

- किन र? ३ बजेपछि अफिस नै बिदा गर्ने हो कि!
- किन ३ बजेपछि मात्र खोल्ने नि? पूरै खोल्नुपर्छ, साइड-बाई-साइड अरु काम गर्न सकिहालिन्छ नि!
- फेसबुक अनावश्यक लाग्छ भने पूरै बन्द गरे हुन्छ। नत्र किन बन्द गर्नु? यस्तै हो भने, मोबाइल फोन पनि तीन बजेपछि मात्र प्रयोग गर्न दिँदा कसो होला?
- कम्प्युटरमा बन्द गरे मोबाइलमा चलाउँछन्, झन् डिस्टर्व हुन्छ। अनि मोबाइल पनि बन्द गर्ने!

यिनै अस्वीकृतिबीच प्रस्तावको समर्थनमा केही फरक मत पनि आए,

- एकदम राम्रो हुने थियो।
- गज्जब हुने थियो। ३ बजेसम्म इन्टरनेट मजाले चल्ने थियो। अफिस पुग्नासाथ फेसबुक लाइन गरेर बस्ने बानी पनि हराउँथ्यो!

अर्को एउटा कमेन्ट यस्तो आयो, जो सोचनीय थियो-

- सिंहदरबारभित्र के काम हुन्छ र फेसबुक बन्द गर्न?

1 comment:

  1. सामान्य रुपमा हेर्दा कार्यालयमा फेसबुक मात्र हैन इमेल, तथा अन्य साइट हर? पनि बन्द ग्नु पर्ने हुन्छ, जसबाट कार्यलयका महत्वपुर्ण File हरू बाहीरिन बाट बचाउन र कार्यालयमा कर्मचारीहरूलाइ फेसबुक चलाउन दिइयो भने दिनभरी फेसबुकमा बसेपछी काममा ध्यान नजाने हुन्छ

    ReplyDelete

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।