Monday, January 10, 2011

Buddha Air र Yati Airlines को टिकट ईन्टरनेट बाट

कम्तीमा बुद्द एयरयती एयरलाइन्सले उडान भर्ने स्थान तपाईको गन्तब्य हो अब तपाइले नेपालको आन्तरिक उडानमा हवाइजहाजको टिकट किन्नलाइ ट्राभल एजेन्टकोमा गइरहनु पर्दैन । इन्टरनेट ब्याङ्किग सेवा दिने ब्याङ्कमा खाता छ भने तपाईको लागी यो केही क्लिकको काम हो ।


विशेशत: बिदेश बस्नेहरु सिधै जिल्ला पुग्नको लागी नेपालको आन्तरिक उडानको हवाइजहाजको टिकट लिनको लागी उतै वाट आठ दश दिन आगाडी फोन गरेर काठमाण्डौमा चिनेजानेको मान्छेलाइ टिकट लिइ दिन र आफु काठमाण्डौ आइपुग्ने समयमा अन्तराष्ट्रिय बिमानस्थलमा आइ दिन भनेर खुसामद गर्नु पर्थ्यो । सबै लाइ फुर्सद नहुन सक्छ नि यस्तोमा यसै कारणले सम्बन्ध चिसिने सम्मको अवश्था आइपर्थो । केही महिना अगाडी सम्म पनि अफिसियल कामको लागी हाम्रो अफिस (धरान) मा आउने बिदेशीलाइ आन्तरिक उडानको टिकट दिनको लागी काठमाण्डौ सम्पर्क कार्यलय (BPKIHS) को कर्मचारी दिनभरी काठमाण्डौ बिमानस्थल कार्यलयमा बस्थे । मलाइ याद छ कयौ पटक ति कर्मचारीले आउनु पर्ने समयमा हवाइजहाज नआइपुगेर दिनभर भोकै बस्नु परेको थियो ।

अब नेपालको आन्तरिक उडानको टिकटको लिनलाइ अलिकती अक्कल मात्र लगाए पुग्छ । तपाई सग नेपालको ईन्टरनेट ब्याङ्किग सेवा दिने ब्याङ्कमा खाता छैन वा भए पनि सेवा सुचारु गर्नु भा छैन भने तपाइ सग बिदेसको अनलाइन ट्रन्जेक्सन गर्न मिल्ने कार्ड (Debit, Credit Card) हुन सक्छ । त्यही कार्डवाट पेपाल (www.paypal.com) मा खाता खोल्न सक्नु हुन्छ । यदी तपाइ सग पेपालमा खाता छ भने ई सेवा (https://esewa.com.np) मा खाता खोली ईसेवा खातामा पैसा जम्मा गर्न सक्नु हुन्छ। ई सेवा बाट बुद्द एयरको टिकट किन्न सक्नु हुन्छ ।


यती एयरलाइन्स को टिकट अनलाइन खरिद गर्नको लागी तपाइ सग कम्तीमा बैङ्क अफ एसिया वा ग्लोबल बैङ्क वा नेपाल ईन्भेष्टमेन्ट बैङ्क वा एभरेष्ट बैङ्क मा ई बेङ्कीग सेवा सुचारु भएको खाता हुनु पर्छ । त्यस पछी यती एयरलाइन्सको वेबसाइटमा गएर टिकट किन्न सकिन्छ । यतीको साइटमा अनलाइन टिकट किन्ने प्रक्रिया "स्ट्याडर्ड" छ । आफुले खरिद गर्न चाहेको टिकट रोजे पछी यात्रुको बिबरण भर्नु पर्छ । पेमेन्ट गर्नु पर्ने बेला आए पछी तपाइ सग भएको कुन बैङ्कको खाता वाट पैसा तिर्ने भनी सोध्छ त्यो बैङ्कको ई बैङ्किगको तपाइको युजरनेम पासवर्ड हालेर तपाइको खाता वाट तपाइको आखै अगाडी भुक्तानी प्रक्रिया पुरा हुन्छ ।  ठ्याक्क यही प्रकारको सेवा मैले भारतको बैङ्कको इ बैङ्किग सेवामा देखेको/प्रयोग गरेको हु ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।