Wednesday, February 23, 2011

ठगी गर्ने ईमेल

त्यसो त उनी सँग मेरो ब्यवसायीक परिचय मात्र थियो । त्यो परिचय पनि फोनमा मात्र सिमित थियो । न उनले मलाइ देखेका थिए न मैले उनलाइ देखेको थिए । म उनलाइ मेरो अफिसको कामको सिलसिलामा सम्पर्क गर्थे । उनको काठमाण्डौमा ट्राभल ऐजेन्सी भएको र व्यपारकै लागी भए पनि इन्टरनेटमा उनको राम्रो पहुचँ (?? पकड) भएको कारणले धेरै जसो हामी ईमेल सम्पर्कमा रहन्थ्यौ ।

एकाविहानै अफिस पुगेर मेल हेर्दा उनि मलेसियामा लुटीएर अलपत्र परेकोले वेष्ट्रन युनियन वाट पैसा पठाइ दिन भनेको ईमेल पाँए । ईमेल पढी सकेपछी सबभन्दा पहिले मलाइ हासो उठ्यो । यो भन्दा पहिले पनी यस्तै मेल बाट धेरै जना ठगिएको मैले थाहा पाएको थिए ।

I am in hurry writing you this message and i hope you get it on time, sorry I didn't inform you about my trip in Malaysia for a Program. It has been a very sad and bad moment for me here, the present condition that i found myself is very hard for me to explain. I am really stranded here in Malaysia because I was attacked and robbed on the way to my hotel, all cash, document's and cell phone which i have all my contacts were stolen off me. 

Presently I have limited access to internet, I will like you to assist me urgently with a soft loan of $2,400 US dollars to sort-out my hotel bills and to get myself back home. I have spoken to the embassy here but they are not responding to the matter effectively, I will appreciate whatever you can afford to assist me with, I'll Refund the money back to you as soon as i get home without any delay. Please use the details below to send the money to me via Western Union money transfer  because that is the only way i could be able to get the money fast and leave. Here's my info below...
 
Name:
XXXXXX XXXXX
Address: 17A, Jalan Kuchin Seksyen, Mahkota Melaka, Malaysia
 
After you have send the money, email to me the western union money transfer control number or you can attach and forward to me the western union money transfer receipt so that i can pick up the money fast and leave.
 
Thanks and get back to me soon with the transfer details so that i can leave.

Thanks,
XXXXXX
मेरो विचारमा यस्तो समस्यामा त्यसै परिदैन । धेरै जान्ने वा धेरै सेक्युरिटी कन्सीयस भएको जस्तो गरि काम गर्न थाले यस्तो हुन थाल्छ । कम्युटर भाईरस मालवेयर वा ट्रोजनले प्रयोगमा रहेको कम्युटरवाट पासवर्ड चोरी  गरे मात्र नत्र आज सम्म हटमेल, जिमेल वा याहुमेल को ईमेल सर्भर ह्यक भएको छैन । र कुनै य कम्पनीले सन्चालन गरेको डाटावेस सर्भरमा स्टोर भएको पासवर्ड जे भए पनि ति कम्पनीलाइ फरक पर्दैन । साधारणतय ति पासवर्ड ईन्क्रिप्टेड हुन्छ । त्यसैले ईमेल पठाएर कहिले पनि मेल सेवा प्रदायकले पासवर्ड चेन्ज गर भन्दैन । गर्नै परे लगईन गरे पछी त्यही साईट भित्रै वाट यो प्रक्रिया पुरा हुन्छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।