Thursday, February 24, 2011

लक्ष्मी बैङ्कको ईन्टरनेट ब्याङ्किङ्ग

लक्ष्मी बैङ्कको ब्रान्चहरुको ईन्टेरियर डिजाईन अझ भनौ समग्र बैककै ब्रान्डीङ्ग राम्रै सँग भएको मान्न सकिन्छ । यस बैङ्कको वेबसाईटको कुरा गर्ने हो भने चाही यसको साईट जती राम्रो छ यसको ईन्टरनेट ब्याङ्किङ्गको डिजाईनिङ्ग त्यती नै नराम्रो देखिन्छ । ईन्टरनेट बैङ्किङ्गको सर्भर बेला न कुबेला डाउन हुने,  बेव साईटमा अनावस्यक प्रोग्रामिङ्ग ईरर देखिने समस्याहरु छन । युजर ईन्सट्रक्सन राम्रोसँग दिइएको छैन । डिजाईनरले ईन्टरनेट ब्याङ्किगको ईन्टरफेसमा गतिलो सँग कम्तीमा ब्याकग्राउण्ड कलर त फोरग्राउण्ड कलर छुटिने गरी एउटा स्टाईल सिट सम्म बनाउन चाहेको देखिदैन ।

यस बैङ्कको ईन्टरनेट ब्याकिङ्गमा सबभन्दा नराम्रो कुरा भनेकै यसको पासवर्ड पोलिसी हो । पासवर्ड कम्तीमा ६ र बढीमा १२ अक्षरको हुनु पर्छ । युजर आई डी सग सम्बन्धित पासवर्ड हुनु हुदैन । पासवर्डमा कम्तिमा २ वटा क्यापिटल २ वटा स्मल लेटर र २ नम्बर हुनै पर्छ । त्यसमा पनि दुरुस्त मिल्ने क्यारेक्टर २ भन्दा बढी हुनु हुदैन।  हे भगवान ! पासवर्ड पनि  सम्झनै नसकिने गरीको यति धेरै कम्प्लीकेटेड हुन्छ ? । मैले नबुझेको कुरा चाही लेखेरै राख्न पर्ने गरीको लगईन ईन्फर्मेशन भरपर्दो हुन्छ र ? त्यती मात्र कहा हो र दुई पटक भन्दा बढी पटक गलत पासवर्ड हानेमा अकाऊन्ट नै सस्पेण्ड हुने । मेरो अनुमानमा यसको ईन्टरनेट ब्याङ्गकिङ्ग युजरहरुमा मेजोरिटीहरुको अकाउण्ट कम्तिमा एक पटक सस्पेण्ड भा कै होला।

यदी तपाईले Fund Transfer मा क्लिक गर्नु भो भने Error Description भन्ने म्याकेज आउछ । यो भनेको के हो ? कहि त लेखी दिनु पर्ने हो । अझ रमाईलो कुरा त ब्याङ्कको लोगो माथी तिर html ट्याग सम्म राम्रो ओपनिङ्ग गरेको छैन ।

यो ईन्टरनेट ब्याङ्गकिङ्ग बाहेक चाही बेव साईट राम्रो छ । ;-)
 मलाई हरिलो डट कम मा पैसा पठाउन  पर्यो भने मैले के रेफरेन्स दिनु पर्ने हो र हरिलो ले मैले नै मेरो अकाउण्ट लाइ नै पैसा पठाई दिएको हो भनेर थाहा पाउछ ? मानि लिनुस मेरो अकाऊण्ट नम्बर र मेरो नेम नै रेफरेन्स नम्बर हो र त्यसैको आधारमा हरिलो मेरो पेमेण्ट ट्रान्सफर थाहा पाउछ । तर मैले मेरो साथिको हरिलो डट कमको अकाउण्टमा मेरो अकाउण्टवाट पैसा पठाउन लाग्या हो भने चाही नि कसरी थाहा पाउछ नि ?
 बैङ्क अफ एसिया , स्टायाण्डर्ड चार्टर्ड बैक नेपा एस बि आई बैक र लक्ष्मी बैङ्कको ईन्टरनेट बैङ्किङ प्रयोगको मेरो अनुभबको आधारमा ईन्टरनेट बैङ्किङ्ग बैङ्क अफ एसिया को जति राम्रो अरुको छैन । (मैले बैङ्क अफ एसिया मा मेरो खाता बन्द गरी सके ) । लक्ष्मी बैक वाट ई सेवामा तुरुन्त पैसा पठाउन सकिन्छ यो चाही लक्ष्मी बैकको अरु बैङ्कको ईन्टरनेट बैङ्किगमा नभएको " गतिलो " सुबिधा हो ।

2 comments:

  1. म पनि बैंक अफ एसिया को iTouch Banking प्रयोग गर्छु, वास्तव मै यो राम्रो र भर पर्दो छ । जहाँ सम्मा e Sewa को कुरा छ, बैंक अफ एसिया को iTouch Banking बाट पनि गर्न सकिन्छ ।

    ReplyDelete
  2. BOA bata pani eSewa ma paisa pathauna milchha ni. Aru bank pani esewa ma connected chha jastai Global bank, kumari bank, TDBL, NCC, etc.

    ReplyDelete

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।