Wednesday, February 16, 2011

एनटीसीको बढेको एडीएसएल इन्टरनेट स्पीड

मैले बुझे सम्म २५६ केबिपिएस भन्नाले एक सेकेन्डमा ईन्टरनेटमा डाटा ट्रान्सफर हुने क्षमता हो र साधारणतय डाउनलोड स्पीड चाही १/८ हुन्छ भन्नाले २५६/८ (=३२ केबिपिएस) हुनु पर्छ । नेपाल टेलीमकले एडीसिएल को क्षमता बढाइ दिएको छ । अब १२८ केबिपिएस क्षमताको इन्टरनेट लिनेले १९२ केबिपिएस क्षमताको इन्टरनेट र २५६ केबिपिएस क्षमताको इन्टरनेट लिनेले ३८४ केबिपिएस क्षमताको इन्टरनेट पुरानै पैसामा पाईरहेका छन ।


अब भन्नलाइ त के जे भने पनि भइ हाल्छ नि । २५६ केबिपिएस हुदाँ मैले मुस्कीलले २५, २६ केबिपिएस मा फाईल डाउनलोड गरेको हु ।  अहिले  ३२ केबिपिएस सम्म देखेको छु । साच्ची टेलिकमले बढाइ दिए पछी चाही मैले पैसा तिरे अनुसारको स्पीड पाएको छु । भनिन्छ नेपाल भर पचहत्तरै जिल्लामा गरी लगभग ५५ हजार उपभोक्ता छन । हाम्रो धरानमै मात्र १४०० ग्राहक छन रे । ग्राहक र ईन्टरनेट स्पीड बढाको बढ्यै छ तर एनटीसी को क्षमता चाही बढेको छ कि छैन ?

इन्टरनेट स्पीड कसरी नाप्ने
डाटाको रेट्स बिटस् (bits) पर सेकेण्ड यानी कि "bps" मा नापिन्छ । फाइल साइज बाईट्स (bytes) मा नापिन्छ । ८ बिटस् बराबर १ बाईट हुन्छ । बिट्सलाइ "b" ले जनाईन्छ भने बाईट्सलाइ "B" मा जनाईन्छ । डाटा ट्राइन्सफर रेट थाहा पाउन ट्रान्सफर हुने फाइललाइ (फाइलसाइज लाइ मेगाबाइटमा रुपान्तरण गरेर) ८ ले गुणा गर्नु पर्छ र डाटा स्पीड (मेगाबाइट मा) ले भाग गर्नु पर्छ । उदारणको लागी १ मेगाबाइइट फाललाइ ०.४ मेगाबाईट पर सेकेन्डमा डाउनलोड हुनलाइ (1 MB x 8 / 0.4 Mbps = 20 seconds. ) २० सेकेण्ड लाग्छ ।  

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।