Sunday, March 27, 2011

नेपाली पाठक सँग तसलिमा नसरिनको ट्वीट

शायद डायस्पोराको प्रभाव भन्नु पर्ला, ईन्टरनेटमा नेपाली साहित्य बग्रेल्ती पाईन्छ । नेपाली साहित्य ईन्टरनेटमा भेटीए पनि साहित्याकार भेटिन्नन । नेपाली कम्प्युटर प्रयोगकर्ताहरु माझ नेपाली युनिकोडले स्थान पक्का गरि सकेको अवश्थामा कम्प्युटरमा पहुँच भएका साहित्यकारहरु पनि अझै प्रिती र कान्तीपुर फन्टमा नै अल्झीरहेको कारणले हुन सक्छ उनीहरुको कलम जसरि किवोर्ड चलेको छैन । भाषाकै समस्याले नेपाली साहित्यकारहरु ईन्टरनेटमा नआएका हुन भनेर ठोकुवा गरी हाल्न नसकेनी मैले फेसबुकमा भेटेका साहित्यकारहरुको कुण्ठा अनुवभ गरेको छु । 

आज ट्वीटर चलाउदै जादाँ रमाईलो घटना घट्यो । ट्वीटरका साथी बिशाल गौतमले आकारपोष्ट वाट तसलिमा नसरिनको अनुवादित रचना सुन्दै रहेछन । यतिकैमा ऊनले ट्वीट गर्न भ्याईहाले ।

BishalGautam  #NowPlaying PYAAS BHITRA ka BIDROHA by @taslimanasreen from @aakarpost .com !!

बिशाल गौतमले आफ्नो ट्वीटमा तसलिमालाई मेन्सन गरेको कारणले हुन सक्ट तसलिमाले तुरुन्त जवाफ फर्काईन ।

taslimanasreen Reading my stories in Nepalese? RT @aakarpost @BishalGautam #NowPlaying PYAAS BHITRA ka BIDROHA by @taslimanasreen http://goo.gl/OV29M

BishalGautam @taslimanasreen Yeh !! I'v read 4 novels of you (Nepali Translation ) !! You are just like Aung San Suu Kyi !! Freedom Fighter !!


taslimanasreen Thanks : ) RT @aakarpost Yeah, reading in Nepali. Novel is cited in Nepali Radio as well. We've uploaded those Nepali version @BishalGautam

taslimanasreen @Wow! Thanks RT @BishalGautam Yeh !! I'v read 4 novels of you (Nepali Translation) !!You are just like Aung San Suu Kyi !! Freedom Fighter !!

taslimanasreen @aakarpost @BishalGautam I understand little bit of Nepali. The Indo-Aryan languages are quite close to each other. :)

यति कुरा हुदा तसलिमाले नेपाली अलि अलि बुझ्दछु भन्न मात्र भ्याईनन नेपाल र नेपाली प्रति माया पनि दर्शाईन ।

taslimanasreen @aakarpost @BishalGautam My heartfelt thanks to you. A lot of love for Nepal.


aakarpost @BishalGautam bro u made my time...such a grt timing... u mentioned her... she replied.... :)

BishalGautam @aakarpost Really Lucky we !! Hajur ko website baata aaja dwnld gareko .... Thanks for UPLOAD !!

म प्रत्यक्ष्य वार्तालापमा सहभागी नभए पनि ट्वीट गरेको लाईभ हेर्न पाए । तसलिमा सँग कुरा भैरहदा  मलाई तसलिमाले जस्तै नेपाली लेखकहरुले पनि ट्वीटरवाट पाठकहरु सँग ईन्टर्याक्सन गरे कति राम्रो हुन्थ्यो होला । नेपाली साहित्यकारहरु  त खाली फेसबुक मात्र चलाऊछन भन्ने लाग्यो । मलाई नेपाली साहित्यकारहरु फेसबुक वा मात्र फेसबुक चलाउछन भने कुनै भन्नु केही छैन तर ईन्टरनेटमा फेसबुक भन्दा नि धेरै कुरा छ जसले दुइ मनलाई सजिलै जोड्न सक्छ भन्ने लाग्छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।