Saturday, March 26, 2011

ट्वीटरका कुरा

त्यसो त मलाई ईन्टरनेटमा अनसोसीयल भन्दीए फरक पर्दैन । मैले धेरै पटक सोसल नेटवर्किङ्ग साईटको अकाउन्ट खोल्दै बन्द गर्दै गरे । मुख्यत मलाई सोसीयल नेटवर्किङ्ग साईटको खुला पन मन परेन । अलिकती घोत्लीने हो भने प्राईभेसी सेटिङ्गस मिलाउन सकिन्छ । तर अरुको ?? मलाई कतिको फेसबुक प्रोफाईल पढ्दा लाज लाग्छ । के भनिरहेको छु र त्यो कुराको प्रभाब क्षेत्र कति हो भन्ने थाहा नपाएको जस्तो लाग्छ ।

तर आजकल म ट्वीटरमा अड्किएको छु । ट्वीटरमा केही कुरा मलाइ मन परेको छ ।
  1. सबै ट्वीट पढ्न जरुरी छैन ।  फुर्सदको समय मात्र दिए पुग्छ ।
  2. ट्वीटरमा रहेको कोही साथी वा त्यस्तै कोही सेलीब्रेटी वारे अपडेट भै रहन सक्नु हुन्छ ।
  3. आफ्नो टाईमलाईनमा आउनै सबैलाई रिप्लाई दिनु जरुरी छैन । तपाँई लाई ईन्डीकेट गरेको ट्वीटमा पनि रिप्लाई गर्नु भएन भने त्यो ठुलो कुरा हैन ।
  4. ब्यक्तीगत कुराकानी डाईरेक्ट म्यासेज मार्फत गर्न सकिन्छ । गोप्य वा अरुलाई मतलब नभा कुरा डाईरेक्ट म्यासेजमा गर्ने चलन छ ।
  5. ट्वीटरमा सर्च गरेर आफ्नो बारेमा भै रहेको कुराकानी थाहा पाउन सक्नु हुन्छ । आफ्नै बारेमा भएको कुरा पनि मन नलागे सहभागी नहुन सक्नु हुन्छ ।
  6. धेरै फिचर नभएकोले म्यानेज गर्न धेरै सजिलो छ । आफ्ना कुरा राख्न सजिलो छ । ट्वीटरको मुख्या कुरा भनेको फलो अनफलो र ट्वीट मात्र हो ।
  7. तपाँइको कुरा कसैले बिरोध गर्छ भने त्यसलाई मतलब नगर्न सक्नु हुन्छ । कसैले तपाँईलाई अनफलो गरे पछी उसले तपाँईको कुरा सुन्न पर्दैन । तपाँई मज्जाले आफ्नो कुरा भन्न सक्नु हुन्छ ।
  8. गतिला र गहकिला ट्वीट कसैले रिट्वीट गर्दिन सक्छन र यो कुरा तपाँई फलोवरको मात्र सिमित नरही फलोवर को पनि फलोवरमा पनि पुग्छ । यस्तोमा तपाँईले थप फलोवर भेट्नु हुन्छ । के थाहा ति नयाँ फलोवर मध्ये कति सँग तपाँइको मित्रता बढ्न सक्छ ?
  9. नेपालको परिप्रेक्ष्यमा धेरै ट्वीटर प्रयोकर्ताहरु सुचना प्रबिधी सँग नजिक रहेका वा यस सँग काम गरीरहेका देखिन्छन तर कुरा क्रिकेट, राजनिती देखी समग्र राज्यब्यबश्था बारे नै भैदिन्छ । तर यो सब बिषय तपाईले कस्ता मान्छे फलो गर्नु भो भन्ने कुरामा भर पर्छ ।
  10. ट्वीट ट्रेन्डले बिश्वब्यापी रुपमै पनि कुराकानीको जल्दोबल्दो बिषया था लाग्छ । ति बिषय बारे धारणा बनाउन परे त्यो बिषयलाई सर्च गरी मान्छै हरु के के भन्छन था लाग्छ ।
  11. १४० अक्षरमा कुरा सक्नु पर्ने भएकोले लम्बेतान अनावश्यक कुरा सुन्न पर्दैन । आफ्नो कुरा पनि थोरै शब्दमा सटिक रुपले प्रश्तुत गर्ने बानी पर्छ ।

2 comments:

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।