Wednesday, April 20, 2011

शुक्रवार अगाडीको ट्वीट

गत हप्ता देखि चलेको "ट्वीटर रडाँको" कालान्तरमा पछी कसरी सम्झीईने छ भन्ने कुराको निर्धारण सम्भवत कान्तीपुरमा शुक्रबार निस्कने ट्वीटर सम्बन्धी लेखले गर्ने छ । सम्भवत केही निश्पक्ष्य पाठकहरुलाई दश दुनियाको उदारण दिएर भए पनि पत्रिकावालाहरु ले आफ्नो पक्ष्यमा पार्ने छन । यो रडाँकोमा ठुलो मिडीया हाउस र स्वनामधन्य पत्रकारहरु सँलग्न भएको हुनाले पत्रकारहरु "सर्वसाधरणहरुले हामी सँग जोरी खोज्ने "  भनेर एक साथले ठुलो स्वर गर्ने छन ।  रडाँको उत्कर्षमा रहेको बेला पत्रिकाको बिरोधमा स्वर उचाल्नेहरुलाई साथ दिने केही अन्य पत्रकारहरुले नि दश दुनियाको उदारण दिएर पत्रिकामा जसरी नि ट्वीट छाप्न पाउनु पर्छ भनि पत्रिकामा लेख लेखिरहेका छन । (यसमा कमन सेन्स प्रयोग गरीने छ भन्दीएको भए कति राम्रो हुन्थ्यो ! )  त्यसैले समय बित्दै जादाँ जनमत को बहुमत मिडीयावालाहरुको पोल्टामा परे खासै अनौठो नमाने हुन्छ ।  सम्भवत शुक्रबारेमा छापिने रहरले कसैलाई शोच सुन्य बनाउने छ ।  ईतिहास बिजेताहरुको लगाम बिनाको घोडा हो भन्छन त्यसैले पत्रकारहरुले कसैको ट्वीट जसो पनि गर्न सक्ने छन भन्ने नजिर स्थापित हुन्छ र हाम्रो अभिब्यक्ती स्वतन्त्रता पत्रकारको खिल्ली उडाईने छ । (शायद)

ट्वीटर मा आफ्नो अकाउन्ट डिलीट गरी सके पछी पनि मेरो मनले यो ट्वीटर काण्ड पच्छयाउन छोडेको छैन ।  म पनि निस्पक्ष (हुन सकिन्छ कि भन्ने प्रयास ! तर आफ्नो आत्मालाई तह लाउन सकिदो रहेनछ ।) भएर कहिले काही सोच्छु । बास्तबमै यो काण्डले कसलाई फाईदा पुगीरहेको छ ? कुन खालको जनमत सिर्जना भईरहेको छ ?

मेरो बिचारमा कालान्तरमा बहुमत जनमत पत्रकारवालाहरुको पक्ष्यमा परे भने पनि बिपक्षमा रहेको जनमतमा समग्र (?) पत्रकार प्रति उग्र रुपमा घ्रिणा बढेको पाईनेछ । त्यसलाई फगत ट्वीटरको दोष भनि हाल्न नमिल्ला किन भने यही मैका मा कसैले वर्षै लगाएर बनाएको ईमेज बिग्रिने गरी नियन्त्रणहीन आवेग देखाई सकेका छन । यसले कसैलाइ अवाक् बनाई दिएको छ । कसैको अहँ छताछुल्ल भै सकेको छ । बास्तबमा आफ्नो सोचाईको स्तर अनुसार सबै मानिस अरुलाई मुल्याङ्कन गर्न "कम्पिटेन्ट" हुन्छन ।

घरी घरी मलाई आकारपोष्ट डा आबिसले भने जस्तै "'सुझाव का लागि धन्यवाद, आगामी अंक देखि हामी ट्विट छान्दा विचार पुर्याउनेछौँ'" भन्देको भए यो काण्ड सजिलै सकिने थियो जस्तो लाग्छ । तर कसैले आफ्नो लाज बचाउन गुन्यो उचालेर अनुहार छोपेको अवश्था हो यो ।

म ट्वीटर बाट निस्कीए पनि मेरो मन निक्लीएको छैन । घरी घरी के के भईरहेको होला भनेर हेरी रहन मन लाग्छ । मेरो सजिलोको लगी म यो पेज हेर्ने गर्छु ।