ट्वीटर मा आफ्नो अकाउन्ट डिलीट गरी सके पछी पनि मेरो मनले यो ट्वीटर काण्ड पच्छयाउन छोडेको छैन । म पनि निस्पक्ष (हुन सकिन्छ कि भन्ने प्रयास ! तर आफ्नो आत्मालाई तह लाउन सकिदो रहेनछ ।) भएर कहिले काही सोच्छु । बास्तबमै यो काण्डले कसलाई फाईदा पुगीरहेको छ ? कुन खालको जनमत सिर्जना भईरहेको छ ?
मेरो बिचारमा कालान्तरमा बहुमत जनमत पत्रकारवालाहरुको पक्ष्यमा परे भने पनि बिपक्षमा रहेको जनमतमा समग्र (?) पत्रकार प्रति उग्र रुपमा घ्रिणा बढेको पाईनेछ । त्यसलाई फगत ट्वीटरको दोष भनि हाल्न नमिल्ला किन भने यही मैका मा कसैले वर्षै लगाएर बनाएको ईमेज बिग्रिने गरी नियन्त्रणहीन आवेग देखाई सकेका छन । यसले कसैलाइ अवाक् बनाई दिएको छ । कसैको अहँ छताछुल्ल भै सकेको छ । बास्तबमा आफ्नो सोचाईको स्तर अनुसार सबै मानिस अरुलाई मुल्याङ्कन गर्न "कम्पिटेन्ट" हुन्छन ।
घरी घरी मलाई आकारपोष्ट र डा आबिसले भने जस्तै "'सुझाव का लागि धन्यवाद, आगामी अंक देखि हामी ट्विट छान्दा विचार पुर्याउनेछौँ'" भन्देको भए यो काण्ड सजिलै सकिने थियो जस्तो लाग्छ । तर कसैले आफ्नो लाज बचाउन गुन्यो उचालेर अनुहार छोपेको अवश्था हो यो ।
म ट्वीटर बाट निस्कीए पनि मेरो मन निक्लीएको छैन । घरी घरी के के भईरहेको होला भनेर हेरी रहन मन लाग्छ । मेरो सजिलोको लगी म यो पेज हेर्ने गर्छु ।