Friday, April 8, 2011

ब्लगर (blogspot.com) टिप्स ट्रिक्स

ब्लगरको सबडोमेन (.blogspot.com) हटाएर आफ्नो डोमेनमा प्रयोग गर्न पाईने हुदाँ (चलाखी पुर्वक) ब्लगर (blogger.com) लाई ब्लगिंङ्गको लागी मात्र नभएर अरु काममा पनि प्रयोग गर्न सकिन्छ । यसरी कस्टम (CMS को रुपमा ??) साईटको रुपमा ब्लगरमाई प्रयोग गर्नु परे तल दिए अनुसारका केही परिवर्तन गर्नु पर्छ ।
  1. पेज वा पोष्टको मुनि हुने Home लिङ्क
  2. पेज वा पोष्टको मुनि हुने Subscribe to: Posts (Atom) लिङ्क
  3. Powered by Blogger.भन्ने लिङ्क
  4. ब्लगरको फेभीकोन
  5. न्याभ बार (Nav Bar)
 माथी उल्लेख गरेको ब्लगरको फिचरलाई निस्क्रीय गर्न वा मेटाउन लागी तल दिए अनुसार प्रयोग गर्न पर्छ ।



पेज वा पोष्टको मुनि हुने Home भन्ने लिङ्क कसरी हटाउने

यसको लागी CSS मा गएर
#blog-pager {
display:none;
}
भन्ने CSS थपि दिनु पर्छ ।

पेज वा पोष्टको मुनि हुने Subscribe to: Posts (Atom) लिङ्क

यसको लागी CSS मा गएर
.feed-links {
display:none;
}

भन्ने CSS थपि दिनु पर्छ ।
वा
< b:include data='feedLinks' name='feedLinksBody'/ > लेखेको खोजेर त्यसलाई मेटाई दिनु पर्छ ।


Powered by Blogger.भन्ने लिङ्क कसरी हटाउने


Design >> Page Elements मा गएर Attribution भन्ने ईलेमेन्ट हटाउन सकिन्छ । तर सबै टेम्प्लेटमा यो ग्याजेटको रिमुभ बटन ईनेवल नभएको हुन सक्छ त्यसो भएको  भए < b:widget id="Attribution1" locked="true" title="" type="Attribution" > खोजेर  locked="true" खोजेर locked="false" बनाउन पर्छ ।


ब्लगरको फेभीकोन

< title >< data:blog.pageTitle/ >< /title > खोजेर त्यसको ठ्याक्क मुनि तल दिएको जस्तो ट्याग लेख्नु होस । फेबीकोनलाई गुगल डकुमेन्टमा अपलोड गरेर त्यसको Share Link लाई href="" मा राख्नु पर्छ ।
< link rel="shortcut icon" href="URL of your icon file" />

न्याभ बार (Nav Bar)




माथी देखिए जस्तो न्याभबार हटाउन तल दिएको CSS राख्नु पर्छ ।
#navbar-iframe { display: none; }