Saturday, May 14, 2011

कम्प्युटरमा लाग्ने भाईरस

कम्प्युटर भाईरसले सन्सार भरका कप्युटर प्रयोगकर्ताहरुलाई चिन्तीत बनाएको भए पनि आखिर भाईरस कसले र किन बनाउछ भन्ने कुरा चाही रहस्यको गर्भमै रहेको छ । बिषेश प्रयोजनको लागी बनाईएको अवश्थामा बाहेक भाईरस बनाउनेले कुनै पनि किसिमको आर्थिक लाभ गर्दैन । परिचय लुकाएर गरिने काम भएकोले यस बाट मान सम्मान पनि प्राप्त हुदैन तर पनि दिन प्रतिदिन भाईरस बनाउने हरु सक्रिय भई रहेका हुन्छ । बास्तवमा कम्प्युटर भाईरस किन बानईन्छ ? (केही सम्भावित कारणहरु)
  1. भाईरस पनि एक किसीमको कम्प्युटर प्रोग्राम हो । प्रोग्रामरले परिक्षणको लागी लेखेको अतिरिक्त कोड वा भुलवस लेखेको गलत कोड एक्जुक्युट हुदाँ एबनर्मल एक्टीभिटि हुन गई कम्प्युटर भाईरसको प्रार्दुभाव भएको हुन सक्छ ।
  2. सफ्टवेयर मार्केटमा सफलता हासील गरि रहेका कम्पनी बिरुद्द प्रतिश्पर्धी कम्पनीले लक्ष्यीत गरी भाईरसको निर्माण गरेका हुन सक्छन ।
  3. आज सम्म सबै भाईरसलाई ठिक पार्ने कुनै एउटा एन्टीभाईरट प्रोग्राम भेटिएको छैन त्यसैले एन्टीभारस कम्पनीहरु स्वयँ आफै पनि भाईरस प्रोग्रामिङ्ग गर्दा हुन । [ मैले प्रमाणित गर्न नसक्ने अनुमान गरेको हो :) तर बजारमा कुनै एक भाईरस बिशेशलाई कुनै एन्टीभाईरस बिशेश ले सिस्टममा कुनै समस्या ननिम्त्याई ठिक पार्छ तर त्यही भाईरसलाई त्यो बाहेक अरु एन्टीभाईरसले ब्लक वा टेम्पोररी डिएक्टीभेट मात्र गर्ने गर्छ । ]
  4. कुनै ब्यक्ती वा समुदाय बिरोधी आक्रोस वा आशक्ती ब्यक्त गर्न पनि प्रोग्रामरहरुले भाईरस निर्माण गर्दा हुन । उदारणको लागी कुनै बखत टेनिस सुन्दरीको नामले प्रसिद्द अन्ना कोर्नीकोभाको नाममा तहल्कै मच्चाउने गरीको भाईरस निर्माण गरीएको थियो ।
  5. एक्सर्पटहरुले सिकारू वा युजरलाई अण्डरस्टीमेट गरेर सफ्टवेयर तयार गर्ने प्रोग्रामरहरुलाई सजग गराउन तिनीहरुको लुपहोल लाई लक्ष्यीत गरी कम्प्युटर भाईरसको निर्माण गर्दा हुन ।
  6. नेपालमा यो कुरा लागु भएको जानकारी नभएको भए पनि बिदेशमा क्रेडीटकार्डको ब्याङ्ग ईन्फर्मेशन आदी चोरी गरी आर्थीक लाभ लिने हिसाबले पनि भाईरसको निर्माण गरीएको सुनिएको छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।