Saturday, July 2, 2011

फेसबुकको विकल्प : गुगल प्लस

हुन त नेपाल जस्तो सीमित इन्टरनेट सुबिधा भएको देशमा समेत १० लाख भन्दा बढी प्रयोगकर्ता भएको “फेसबुक” को बजार विस्थापन गर्ने गरी कुनै सामाजिक सञ्जाल वेब साइट प्रवेश गरेर त्यसलाई चुनौती दिनु कठिन देखिन्छ तर पनि गुगल ले शुरु गरेको नयाँ प्रोजेक्ट गुगल प्लस  ले त्यो सम्भावना औल्याएको छ । फेसबुक जस्तै भनिए पनि फेसबुकमा देखिएका कतिपय कमजोरी लाई गुगल प्लसले सुधारेर प्रस्तुत गरेको ले बिहीबार देखी सीमित प्रयोगकर्ता बिच परीक्षणको लागी खुल्ला गरिएको यस साइटलाई “टेक पण्डीत” हरुले राम्रो भनेर स्वागत गरेका छन ।

यस अगाडीपनि गुगलले “गुगल वेभ’, “बज” , "अर्कुट" जस्ता सामाजिक सञ्जाल साईटहरुको निर्माण र प्रबर्दन गरेर बिश्वब्यापी रुपमा रुचाईदै गरेको सामाजिक सञ्जाल वेबसाईट दुनियाँमा आफ्नो अस्तीत्व स्थापित गर्न खोजेको थियो तर बिबिध कारणहरुले ति योजनाहरु असफल भएका थिए । फेसबुकको प्रयोगकर्ता चाहे जस्तो भन्दा पनि आफु सँग भएको प्रयोगकर्तालाई थोपर्ने प्रब्रितीबाट दिक्क भएका प्रयोगकर्ताले गुगल प्लसलाई रुचाउने देखीएको छ ।

गुगल प्लस के हो ?

साधारण रुपमा सबैले बुझ्ने गरी भन्नु पर्दा यो पनि फेसबुक "जस्तै" एक सामाजिक सञ्जाल वेब साईट हो । तर फरक के मानेमा छ भने फेसबुकमा साथीहरुको सुची बनाएर प्राईभेसी सेटिङ्गस नमिलाए सम्म वालमा लेखेको कुरा आफ्ना साथीहरुको सुचीमा रहेका सबैले हेर्न सक्थे तर गुगल प्लसमा जुन सर्कलमा पोष्ट गरेको हो त्यही सर्कलका ले मात्र देख्न सक्छन् । जस्तै तपाइले परिवारको सर्कलमा पोष्ट गरेको कुरा साथीभाइ सर्कलमा देखिदैन । गुगल प्लसको यो सुबिधाले आफ्नो "स्टाटस" सही ब्यक्तीहरु माझ मात्र प्रवाहीत होस भन्ने हो ।

यसमा भएको ह्याङआउट भन्ने फिचरको साहायताले आफ्नो सर्कल सँग ग्रुप भिडीयो च्याट गर्न सकिन्छ । त्यस्तै हडल भन्ने फिचरको साहायताले मोबाईल बाट ग्रुप च्याट गर्न सकिन्छ । उदारणको लागी कसैलाई कतै जान मनलागेको भए त्यो कुरा हडलमा लेख्न सकिन्छ र उसको प्रश्ताबम सर्कलमा भएकाहरुले उसको कुराकानी मा सहभागी हुन सक्छन् ।

गुगल प्लस का बिशेशताहरु के के रहेका छन ?

  1. बास्तबीक जिबनमा भेटीएका साथीहरु सँग समिप्यता आधारमा कुराकानीको बिषयबस्तु फरक हुने ब्यबहारीक पक्षलाई गुगल प्लसले सम्बोधन गरेको छ । फेसबुकमा फ्रेण्ड एड गरे जस्तै गरी यसमा “फ्रेण्ड सर्कल” बनाउदा त्यो ब्यक्ती कुन समुहमा पर्छ भनेर शुरुमा नै निक्योल गर्न पर्छ । यसरी बनाईएको सर्कलको प्रक्रिती अनुसार कुराकानीको बिषयबस्तु फरक फरक गर्न सकिन्छ । उदाहरणको लागी साथीहरूको " कुनै एक " सर्कलमा गरिएको विषयको बारेमा त्यो सर्कल बाहेक अरुलाई जानकारी हुँदैन ।
  2. गुगल प्लसमा भएको अर्को राम्रो पक्ष भनेको ह्याङ्गआउटस फिचर (Hangouts feature) पनि हो । यस फिचरको सहायताले कुनै पनि सर्कल सँग ग्रुप भिडीयो च्याट गर्न सकिन्छ । जानकारहरुले यस फिचरलाई "किलर फिचर" को रुपमा ब्यख्या गरेका छन । फेसबुकले अहिले सम्म ग्रुप च्याटको सुबिधा नदिई सकेकोले गुगल प्लसले भर्खरै माईक्रोसफ्टले खरिद गरेको स्काईप लक्ष्यीत गरी ल्याएको सुबिधा मानिएको छ ।
  3. गुगल प्लसमा सेयर गरिने 'स्टाटस', फोटो, लिङ्क कुन कुन सर्कलमा सेयर गरीने हो प्रत्येक पटक तोक्नु पर्दछ (र यसो गर्न पनि सजिलो छ । ) जसले सामाजिक सञ्जाल साईटमा कमी महशुश गरीएको प्राईभेसी समस्या गुगल प्लसको सन्दर्भमा हल हुने अनुमान गरिएको छ ।
  4. गुगल प्लसमा आफ्ना स्टाटस, आफु सम्बद्द फोटोहरु सजिलै ब्याकअप गर्न सकिन्छ । हाल सम्म फेसबुकले सोझै ब्याकअपको सुबिधा नदिएको भए थर्ड पार्टी एप्लीकेशन वा साईटको साहायताले फोटो सम्म ब्याकअप गर्न सकिन्छ ।
  5. गुगल प्लस प्रोजेक्ट लाई गुगल ले गुगलको "सेन्ट्रलाईज डिजीटल आईडेन्टीटी" को रुपमा बिकास गर्न चाहेको छ । गुगल प्रोफाईल बनाए पछी मात्र सञ्चालनमा ल्याउन सकिने गुगल प्लस को खातामा गुगलको फोटो होष्टीङ्ग साईट पिकासा लाई लिङ्क गर्न सकिन्छ । 
हाललाई परिक्षणमा रहेको यो सुबिधा गुगल प्लस खाता भएको प्रयोगकर्ता ले ईन्भाईट गरे पछी मात्र प्रयोग गर्न सकिन्छ ।  
(यो लेख पुर्वाञ्चलको लोकप्रिय दैनिक पत्रिका ब्लाष्टमा मिती 2068 असार 18 गतेको अङ्क मा प्रकाशन भएको छ । पत्रिकामा छापीएको आकारमा पढ्न मन भए तल दिएको फोटोलाई क्लीक गर्नु होला ; )


    4 comments:

    1. राम्रो लाग्यो , अझ थप बिषय समेट्न सकिन्थ्यो अनिश जी ! लेख्ने शैली भने गज्जब छ है :)

      ReplyDelete
    2. @Sushil पत्रिकाको लागी तयार गरेको हुनाले लेख धेरै लामो बनाउन सम्भव भएन । मन पराई दिनु भएकोमा धन्यबाद ;)

      ReplyDelete
    3. मलाई पनि लेख मन पर्यो । आगामी पोष्टहरु यस्तै होस् भन्न चाहन्छु ।

      ReplyDelete

    तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।