Sunday, October 16, 2011

जीमेल महात्म्य #gmail

गुगलको ईमेल सेवा (जिमेल) आउनुभन्दा अगाडिसम्म अमेरिकन अनलाईन (एओएल) लाई छोडेर निःशुल्क ईमेल सेवा प्रदायकको रुपमा अरु दुईवटा कम्पनीको बोलवाला थियो । विदेशमा खासगरी अमेरिकामा एओएलको राम्रोे पकड थियो तर नेपाली ईमेल प्रयोगकर्तामाझ यसको खासै कुनै अस्तित्व थिएन भन्दा पनि हुन्छ । नेपालमा भर्खर ईमेल प्रयोग गर्न थालेका प्रयोगकर्ताहरु हटमेल र याहुमेललाई ईमेलको पर्यायवाचीको रुपमा बुझ्थे । ठूल–ठूला बिजनेस हाउसहरु नेपाली आईएसपीहरुको डोमेनको ईमेल ठेगाना प्रयोग गर्दथे । हटमेल तथा याहुमेलले औसतमा एउटा ईमेल खातावापत् १ सय मेगावाईट क्षमताको स्पेश प्रदान गर्दथ्यो । सो क्षमताको ईमेल खाताले व्यक्तिगत प्रयोजनको लागि जसोतसो काम चलाउन सकिन्थ्यो तर अफिसियल प्रयोजनको लागि प्रयोग गर्दा धेरै सम्झौता गर्नुपर्दथ्यो । कसैले अलि ठूलो फाईल टुक्रा–टुक्रा गरेर पठाउन लागेको थाहा पाउने बित्तिकै ईनबक्स खाली गरी दिनु पर्दथ्यो वा पठाई हाल्लान् कि भनेर आएका ईमेल पहिले नै डिलिट गरेर (ईनबक्स) खाली गर्नु पर्दथ्यो ।


यस्तोमा सन् २००४ को अप्रिल १ तारिखका दिन गुगलले जीमेल सुरु गरेपछि पुराना ईमेल सेवा प्रदायकहरुले आफु टिकिरहन धेरै सम्झौता गर्नुपर्यो भने नयाँ आउन चाहने ईमेल सेवा प्रदायकले आफु टिक्न सकिन्छ कि भनेर धेरै नै सोच्नु पर्ने अवस्थाको सिर्जना भएको छ । जीमेलले सेवा सुरु गरेपछि नयाँ ईमेलको लागि स्थान सुरक्षीत गर्न ईनबक्स खाली राख्ने प्रयोगकर्ता हम्मेसी ईमेल डिलिट गर्न छाडेका छन् । किनभने जीमेलकै कुरा गर्दा सुरुवाती चरणमा १ जीबीको ईमेल स्पेश अहिले ७ जिबीबाट उकालो लागेको लागेको छ । जिमेलबाट ईमेल पठाउँदा एउटा म्यासेजमा नै २५ जिबीसम्मको डकुमेन्ट एट्याच गर्न सकिन्छ । जुन कुरा ८ वर्È अगाडिको स्थितिलाई कल्पना गर्दा अकल्पनीय नै मान्न सकिन्छ ।

ईन्टरनेट सर्च इञ्जिनको लागि कहलिएको गुगलले साईबर सँसारमा आफुलाई नम्बर १ बनाइराख्न धेरै प्रयोग गर्ने गरेको छ । यसै सिलसिलामा उल्लेखनीय संख्यामा गुगलका उत्पादनहरु असफल पनि भएका छन् तर प्रयोगकर्ताको मन यसो पो गर्दा जितिन्छ कि भनेर गुगलले एकपछि अर्को उत्पादन ल्याउन भने छोडेको छैन । कुनै पनि उत्पादनलाई बिटा भर्जनको रुपमा प्रस्तुत गरेर युजर फिडब्याकको रुपमा परिमार्जन गरी रहनु गुगल उत्पादनको विशेषता हो । प्रयोगकर्ताले रुचाएका र अन्य ईमेल सेवा प्रदायकले खासै ध्यान नपुर्याएका जिमेलका उल्लेखनीय विशेषताहरुमध्ये केही यस प्रकार छन् ।

लेबल : गुगलले जीमेलमा भन्ने गरेको लेबललाई अन्य ईमेल सेवा प्रदायकहरु फोल्डर भन्दछन् । जसमा कुनै एकै प्रकृतिका ईमेलहरुलाई भविष्यमा सजिलै खोज्न सकियोस् भन्ने अभिप्रायले छुट्याएर त्यसभित्र राख्ने गरिन्छ । जिमेलले सुरु गर्नुभन्दा अघि याहुमेलमा फोल्डर अप्सन त थियो तर त्यसमा निश्चित संख्यामा मात्र फोल्डर बनाउन सकिन्थ्यो र कुनै एउटा ईमेलको लागि एउटा मात्र फोल्डर छुट्याउन सकिन्थ्यो तर जिमेलमा आफुलाई सजिलो पर्ने गरी जति पनि लेबल बनाउन सकिन्छ ।

स्टार्स जिमेलमा स्टार्स भनेको लेबलको विकसित रुप हो । कुनै दुई वा दुईभन्दा बढी लेबलका एक वा एकभन्दा बढी ईमेल भविष्यमा प्रयोगको लागि छुट्याएर राख्नको लागि यसको प्रयोग गर्न सकिन्छ । उदारणको लागि तपाईले बनाउनु भएको फ्रेन्ड भन्ने लेबलबाट एउटा र फेमिली भन्ने अर्को लेबलमा भएको एउटा ईमेललाई पढेर त्यसको प्रत्युत्तर भोलि दिनैपर्ने ठान्नु भयो भने त्यसलाई स्टार दिएर राख्न सक्नु हुन्छ । जसले गर्दा तपाईले अर्को पटक स्टारमा क्लिक गर्नेबित्तिकै ती ईमेल भेट्नु हुनेछ ।

फिल्टर : मेल सेटिङमा क्लिक गरेर फिल्टर अप्सनको प्रयोगले तपाईको ईनबक्समा आउने ईमेललाई सिधै डिलिट गर्ने , आफुले पनि नहेरी आउनेबित्तिकै कसैलाई फरवाड गर्ने, ईनबक्समा नदेखिने गरी लेबल (फोल्डर) मा पठाउने आदि गर्न सकिन्छ ।

फर्वाडिङ तथा पप : निःशुल्क पाइने याहु ईमेल ठेगानालाई आउटलुक एक्सप्रेस जस्ता डेक्सटप ईमेल क्लाईन्टमा कन्फिगर गर्न सकिँदैन । यसको लागि पैसा तिरेर याहु ईमेल ठेगाना अपग्रेड गर्नु पर्दछ तर जीमेल र हटमेल इमेल एड्रेसलाई डेक्सटप क्लाईन्टबाट पनि एक्सेस गर्न सकिन्छ । तपाईको व्यक्तिगत जीमेल खातालाई तपाईको आÏनो कम्प्युटरको डेक्सटप ईमेल क्लाईन्टका अतिरिक्त वेबमेलबाट पनि एक्सेस गर्ने गरी सेटिङ गर्न सकिन्छ ।

ल्याब : जिमेललाई अझ राम्रो बनाउनको लागि गुगल तर्पmबाट प्रयोगकर्ताको लागि दिएको यो एक विशेष प्रकारको फिचर हो । यसमा भएका ससाना एप्लिकेशनको प्रयोगले तपाईले आÏनो जीमेल ईनबक्सलाई आÏनो आवश्यकताअनुसार परिमार्जन गर्न सक्नु हुन्छ । उदाहरणको लागि यदि तपाईं आफुले ईमेल सेण्ड गरिसकेपछि पनि निश्चित समयसम्म सेण्ड गरी सकेपछि थाहा हुन सक्ने गल्ती सच्याउन तोकिएको समयभित्र ईमेल म्यासेजलाई अण्डु गर्न सक्नु हुन्छ । पेज लोडिङ भैसकेको बखतमा इनबक्सको प्रिभ्यु देखिने ल्याबमा भएका एप्लिकेशन इन्स्टल गर्न सक्नु हुन्छ ।

कन्ट्याक्ट : एन्ड्रोईड फोन प्रयोगकर्ताको लागि त जीमेल कन्ट्याक्ट वरदानै हो । जीमेल कन्ट्याक्टमा आफुले सम्पर्क गरिरहनु पर्ने व्यक्तिको नाम ईमेल मोबाईल तथा अन्य सम्पर्क व्यवस्थित गरेर राख्ने हो भने ऐन्ड्रोईड मोबाईलमा नै दुई चार क्लिकको भरमा सिन्क्रोनाईज गर्न सकिन्छ । कुनै एक प्रयोगकर्ताको एकभन्दा बढी ईमेल ठेगाना भएको अवस्थामा एउटा एड्रेस अन्तर्गत ईमेल मर्ज गरेर राख्ने जिमेलको आफ्नै खालको सुविधा हो ।
यो लेख मिति २०६८ असोज २९ गते आईतबारको पुर्वाञ्चल वाट प्रकाशित हुने ब्लाष्ट दैनिकमा प्रकाशित भएको हो । पत्रिकामा छापीएको आकारमा हेर्न यहाँ क्लीक गर्नुहोस ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।