Sunday, October 30, 2011

के होला विकीलिक्स ? #WikiLeaks#Future

अमेरिकी बिदेश बिभाग तथा सुरक्षा सम्बन्धी निकायहरुको महत्वपुर्ण सुचना सार्वजिनक गरेर बिश्वब्यापी रुपमा ख्याती कमाएको विकीलिक्स डट ओआरजी नामक वेब साईट लाई अज्ञात स्रोतको माध्यम वाट गोप्य तथा निजी सुचना सार्वजिक गर्ने एक सश्थाको रुपमा लिने गरीन्छ । यसको स्थापना तथा सञ्चालन जुलियन आसान्ज भने एक अष्ट्रेलियन नागरीक बाट भएको ब्यहोरा पुष्टी भएको भए ता पनि सस्थागत रुपमा उनको काममा सहयोग गर्ने ब्यक्तीहरुको बारे खासै भरपर्दो सुचना बाहीर आउन सकेको छैन । यस सस्थाले बिगतमा आफ्नो वेबसाईट मार्फत अफगानस्तानीको अमेरिकी - तालीवान युद्द र केन्याको घोटला लगायतका प्रकरणहरु सार्वजनिक गर्नुको साथै अमेरीका सरकारको सुरक्षा तथा बिदेश बिभागको गोप्य सुचनाहरु श्रृखलाबद्द रुपमा सार्वजनिक गरेर सरोकारवालाहरुको निन्द्रा बिथोली दिएको थियो । यस वेबसाईटले अमेरिकी निती र कार्यक्रम प्रष्ट हुने ईराक युद्दको करिब चार लाख र अफगानस्तान युद्दको करिब पौने एक लाख भन्दा बढी कागजपत्र आफु सँग रहेको जानकारी सार्वजनिक गरेको थियो । यसै वेबसाईटमा अमेरिकी दुतावासको लागी सुचना चुहावट गर्ने नेपाली राजनितिज्ञ तथा सरकारी कर्मचारी हरु बारे लेखीएको काठमाण्डौ स्थीत अमेरिकी दुतावसको दस्तावेज सार्बजनिक भएको थियो ।

सन १९७१ मा अस्ट्रेलियामा जन्मेका यस वेबसाईटका सञ्चालक भनिने जुलियन आसान्जले आफ्नो औपचारीक बिध्यालय शिक्षा पुरा गरेका छैनन । कम्प्युटर बिध्यामा निपुर्ण आसान्ज १६ को उमेरमा नै मेन्ड्याक्स उपनामले नामले ह्याकीङ्ग सम्बन्धी गतिबिधीमा सँलग्न हुने गरेका थिए । विश्व सुचना प्रविधी संसारमा ह्याकिङ्ग र यसको बैकल्पीक सुरक्षा उपाया बारे नसोचिदै असान्जले दुई अरु ह्याकरसँग 'इन्टरनेसनल सवभर्सिभ' समूह खडा गरेर काम थालेका थिए। उनले ह्याकिङ थाल्दा इन्टरनेट वा अन्य कम्प्युटर सञ्जाल सुरुवाती अवस्थामा थियो ।
उनले सन् २००६ मा विश्वका लुकेका सूचना सार्वजनिक गरेर संसारलाई थप पारदर्शी बनाउन विकिलिक्स खोलेका हुन् भन्ने गरीन्छ । हाल विश्वभरिका २ सय ७४ अमेरिकी दूतावसासँग विदेश मन्त्रालयले सन् १९६६ देखि २०१० सम्म गरेका २ लाख ५१ हजार २ सय ८७ भन्दा बढी पत्रचार विकिलिक्सको कब्जामा रहेको बताईन्छ । आसान्जले आफ्नो वेबसाईटको माध्यम बाट गोप्य दस्तावेज सार्वजनिक गर्ने थाले पछी अमेरिकी सरकारको दबाबमा स्वीडेनले उनि माथी बिगतमा उनि सँलग्न भएको भनिएको यौन दुराचार सम्बन्धी घट्नालाई कानुनी प्रक्रियामा ल्याउने प्रयास गरेको थियो । अनलाईन मौद्रिक कारोबार गर्ने अनलाईन वेबसाईट तथा बैकहरुले अझै पनि विकीलिक्स वा यसको सहयोगको लागी सञ्चालीत निकायहरुलाई सहयोग पुग्ने कुनै पनि प्रकारको अर्थ संकलनमा रोक लगाएको छ ।

अहिले पश्चीमा सञ्चारमाध्यमा जुलियन आसान्जको हवाला दिदै अब आर्थीकरुपले सक्षम हुनको लागी भए पनि उनले अमेरिका गोप्य सुचनाहरु सार्वजनिक नगर्ने वा आफ्नो वेब साईट नै बन्द गर्ने निष्कर्षमा पुगेको खबर छापी रहेका छन । बिशेशत अमेरिकी सरकारको दबाबमा यसलाई प्राप्त हुदै गरेको आर्थीक तथा प्राबिधिक सहयोग बन्द हुन थाले पछी यो साईट भौतिक रुपमा झन रुग्ण हुन थालेको हो । आफ्ना सुचनाहरु सुरक्षीत राख्न बिभिन्न देशमा मिरर सर्भर राखेका आसान्जलाई अहिलेको अवश्थामा वेबसाईट चलाई राख्न बार्षिक साढे तिन करोड अमेरिक डलर आवश्यकता पर्ने बताईएको छ । त्यसैले यसका बिश्लेशकहरु भन्छन कि अब विकिलिक्स बन्द हुन्छ कि यसले अमेरिकी केबलको प्रसारण बन्द गरेर यस प्रति खुकुलो अमिरिकी बिदेश नितीको प्रतिक्षा गर्दछ । तर विकीलिक्सकै कारणले अमेरिकालाई भएको क्षतिको बिचार गर्द अमेरिकाले विकीलिक्सलाई त्यति सजिलै चाही छोड्ने छैन ।

यो लेख मिती २०६८ कार्तिक १३ गते को पुर्वाञ्चलको राष्ट्रीय दैनिक ब्लाष्ट टाईम्समा प्रकाशित भएको हो । पत्रिकामा छापिएको आकारमा पढ्न यहाच क्लीक गर्नु होस ।


No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।